पुस २७ लाई राष्ट्रिय पर्वका रुपमा घोषणा गर्न कांग्रेस नेता भण्डारीको माग

  • पुस २६, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले पुस २७ गतेलाई राष्ट्रिय पर्वका रुपमा घोषणा गर्न सरकारसँग माग गरेका छन् । पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाउन र यसलाई राष्ट्रिय पर्वका रुपमा घोषणा गर्न उनले सरकारसँग माग गरेका हुन् । 

उनले सबै नेपालीमा एकता र सद्भावको विकास होस् र राष्ट्रियताको संवद्र्धनमा हामी सबै एकजुट हुन सकौं भन्ने शुभकामना प्रदान गर्दै यस पर्वलाई भव्य रुपमा मनाउन सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक आह्वानसमेत गरेका छन् । 

उनले लेखेका छन्, ‘नेपाली हुनुमा जुन गौरव छ हाम्रा पूर्खाको रगत र पसिनाले सिंचित यस भूमिको गौरवशाली इतिहास हाम्रा लागि प्राण भन्दा प्यारो छ । त्यही भूमिका एकीकरणकर्ता तथा राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको जन्मजयन्ती भव्यताका साथ मनाउनु हामी सबैको अधिकार र कर्तव्य हो । राज्यले यसलाई प्रवद्र्धन र सम्मान गर्नु आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बागमती लुम्बिनी र गण ...

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव ...

बागमती विश्वविद्यालय ...

हेटौँडा । बागमती विश्वविद्यालय अन्तर्गत सञ्चालित हेटौँडा क्याम्पसमा नयाँ, उन्नत तथा व्यावसायिक शैक्ष ...

बाढीपीडितलाई प्रधानम ...

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढीले पुर्‍याएको मानवीय र भौतिक क्षतिप्रति दुःख ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved