श्रीमतीको आगो लगाएर हत्याको प्रयास

  • माघ १२, २०७६
  • कालापानी मिडिया
alt

१२ माघ, सिराहा ।
श्रीमतीलाई जलाएर हत्या प्रयासको आरोपमा सिराहामा एक जनालाई पक्राउ गरिएको छ। प्रहरीले जिल्लाको औरही गाउँपालिका वडा नम्बर ५ का विनोद यादवलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार यादवले शुक्रबार राति खाना पकाउँदै गरेकी २५ वर्षीया श्रीमती अनितादेवीलाई आगो लगाएर हत्याको प्रयास गरेका थिए। उनलाई माईती पक्षको मौखिक उजुरीका आधारमा पक्राउ गरिएको हो। जलेर गम्भीर घाइते भएकी उनलाई विराटनगरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठले बताए।
औरही गाउँपालिका–१ दरहैयाकी अशोक यादवकी तीन छोरीमध्ये जेठी अनिताको ०६८ सालमा विनोदसँग सामाजिक परम्पराअनुसार विवाह गरेकि हुन्। वैदेशिक रोजगारीअन्तर्गत पछिल्लो साता मात्र साउदी अरबबाट घर फर्किएका विनोदलाई जेठी भाउजू चौरासीवतीले अनितादेवीको चरित्रको विषयमा कुरा लगाएर उचालेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेन ...

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मुस्ताङ जाने भएका छन्। आज उनको मुस्ताङ जाने कार्यताल ...

आज विश्वभर ‘आतङ्कवाद ...

काठमाडौं। आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकार संरक्षणका लागि आज विश्वभ ...

महाकाली प्रादेशिक अस ...

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण नहुँदा मिर्गौला पी ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved