प्रदेश-२ को नाम र राजधानीका लागि माघ पहिलो साता मतदान

  • पुस २७, २०७८
  • कालापानी मिडिया
alt

जनकपुर । प्रदेश-२ को नामाकरण र स्थायी राजधानीका लागि प्रदेशसभामा मतदान हुने भएको छ । प्रदेशसभामा पेस भएका नामकरणसम्बन्धी प्रस्तावमध्ये कुनैमा पनि सहमति नभएपछि मतदानबाट टुंग्याइने प्रदेशसभा सचिवालयले जनाएको छ ।

सभामुख सरोजकुमार यादवले बोलाएको सर्वदलीय बैठकमा प्रदेशको नाम र राजधानीको प्रस्तावमा मतदान गर्ने सहमति भएको हो । सभामुख यादवको संयोजकत्मा प्रदेशको नाम र स्थायी राजधानीका लागि आएका प्रस्तावमा छलफल गर्न संसदीय समिति गठन गरिएको थियो । सो समितिले प्रदेशसभामा दर्ता भएको प्रदेशको नाम मधेस, जानकी, मिथिला भोजपुरा, मध्य मधेस र राजधानीको प्रस्ताव जनकपुरधाम र वीरगञ्जका सांसदहरू र संसदीय दलका नेताहरूसँग छलफल गरेको थियो ।

छलफलमा कुनै पनि प्रस्तावमाथि सहमति नजुटेको बताइएको छ । प्रदेशको नाम र स्थायी राजधानीका लागि प्रदेशसभामा दुई तिहाइ बहुमत चाहिन्छ । जनता समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रस्ताव गरेको मधेस प्रदेशको प्रस्तावमा ६३ जना सांसद छन् ।

मधेश प्रदेश प्रस्ताव पारित गराउन थप ७ जनाले समर्थन जनाए दुई तिहाई बहुमतले पारित गर्न सकिन्छ । अन्य प्रस्तावमध्ये जानकी प्रदेशको पक्षमा नेकपा एकीकृत समाजवादी र नेकपा एमालेका २१ जना छन् भने १९ सांसद रहेको काँग्रेस भने मिथिला भोजपुरा प्रदेशको पक्षमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

माथिल्लो त्रिशूली सु ...

काठमाडौँ। रसुवास्थित माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका ३५० जना मजदुर तथा स्थानी ...

रसुवाका बाढीपीडितलाई ...

काठमाडौँ। हिमानी ट्रष्टले रसुवाका बाढीपीडितहरूबिच उद्धार तथा राहतका लागि रु. २ करोड नगद सहयोगका साथै ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved