दुई सातामै आधा युरोप ओमिक्रोन संक्रमित बन्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

  • पुस २८, २०७८
  • कालापानी मिडिया
alt

बीबीसी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अबको केही हप्तामै आधा युरोप ओमिक्रोनबाट संक्रमित बन्ने चेतावनी दिएको छ ।

आउँदो ६ देखि आठ हप्ताभित्रै आधा युरोपले कोभिड–१९ को ओमिक्रोन भेरियन्टको सामना गर्नुपर्ने चेतावनी दिइएको हो । डा. हान्स क्लुगले डेल्टा भेरियन्टको वृद्धि भइरहेका बेला ओमिक्रोनको पश्चिमदेखि पूर्वतर्फको लहरले यस क्षेत्रमा संक्रमण फैलाइरहेको बताए ।

यो प्रक्षेपण सन् २०२२ को पहिलो हप्तामा युरोपभरि रिपोर्ट गरिएका ७० लाख नयाँ केसहरूमा आधारित थियो । दुई साताको अवधिमा संक्रमितको संख्या दोब्बर भएको छ । पश्चिमा देशहरूबाट बाल्कन्सतर्फ भाइरस फैलिएकाले युरोपेली र मध्य एसियाली मुलुकहरू ‘तीव्र दबाब’मा रहेको डा। क्लुगले बताए ।

“प्रत्येक देशले अब कसरी कदम चाल्नुपर्छ भन्नेबारे उसको महामारीको अवस्था, उपलब्ध स्रोतहरू, खोप लगाइएको स्थिति र सामाजिक आर्थिक सन्दर्भद्वारा सूचित गर्नुपर्छ,” उनले थपे ।

हालैका अध्ययनहरूले ओमिक्रोनले पहिलेका भेरियन्टहरूले भन्दा गम्भीर रूपमा बिरामी पार्ने सम्भावना कम रहेको सुझाएका छन् । तर, ओमिक्रोन अझै पनि उच्च संक्रामक छ र पूर्ण खोप लगाएका मानिसलाई पनि संक्रमित पार्न सक्छ । संक्रमणमा भएको अत्यधिक वृद्धिले स्वास्थ्य प्रणालीलाई गम्भीर क्षति पु¥याएको छ ।

सोमबार बेलायतमा थप एक लाख ४२ हजार २२४ जना संक्रमित भएको पुष्टि भएको र कोरोनाका कारण ७७ जनाको मृत्यु भएको छ । धेरै अस्पतालहरूले कर्मचारीको अनुपस्थिति र कोभिडको बढ्दो दबाबका कारण ‘गम्भीर’ अवस्था सिर्जना भएको घोषणा गरेका छन् ।

फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभर भेरानले गएको हप्ता अस्पतालहरूका लागि जनवरी कठिन हुने चेतावनी दिएका थिए । पूर्वी युरोप पोल्यान्डमा महामारी सुरुभएयता एक लाख मानिसको कोभिडका कारण मृत्यु भएको छ । पोल्यान्डको मृत्युदर विश्वमै छैटौँ उच्च छ । त्यहाँका ४० प्रतिशत मानिसले अझै खोप लगाएका छैनन् । रुसका स्वास्थ्य अधिकारीले भाइरस नियन्त्रण गर्न पहल नगरिए दैनिक संक्रमितको संख्या एक लाख पुग्न सक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमाबडामहारानी रत्नक ...

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको ...

जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved