तालिवान सत्तामा आएपछि ८० प्रतिशत पत्रकारले पेसा छाडे

  • पुस २८, २०७८
  • कालापानी मिडिया
alt

एजेन्सी । तालिवान सत्तामा आएपछि करिब ८० प्रतिशत अफगान पत्रकारले पेसा परिवर्तन गरेका छन् ।
अफगानिस्तानको पत्रकार फाउन्डेसनका अनुसार हाल अफगान पत्रकारहरू सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेका छन् । करिब ७९ प्रतिशतले आफ्नो जागिर गुमाएपछि जीविकोपार्जनका लागि अन्य पेसाको सहारा लिन बाध्य भएको खामा प्रेसले उल्लेख गरेको छ ।

‘लोकतान्त्रिक सरकारको पतनपछि, पूर्वी प्रान्त नान्गाहार, लघमान, नुरिस्तानमा ६ वटा रेडियो स्टेसनहरू बन्द भएका छन् । तीमध्ये ५ वटा आर्थिक समस्याका कारण बन्द भएका हुन् भने अर्को एउटामा कर्मचारी अभाव भएको हो,’ पूर्वी अफगानिस्तानस्थित पत्रकार सुरक्षा समितिका प्रमुख युसुफ जरिफीले भने ।

यद्यपि, ९१ प्रतिशत पत्रकार भने आफ्नो पेसाप्रति सन्तुष्ट रहेका फाउन्डेसनको अध्ययनले देखाएको छ । उक्त अध्ययन ४ सय ६२ पत्रकारले समावेश गरिएको थियो । तीमध्ये ३ सय ९० जना पुरुष र ७२ जना महिला थिए । रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) र अफगान स्वतन्त्र पत्रकार संघ (एआईजेए)ले गरेको सर्वेक्षणले अगस्टदेखि अफगानिस्तानमा ४० प्रतिशत मिडिया बन्द भएका जनाइएको छ । सर्वेक्षणअनुसार देशभर २ सय ३१ सञ्चारमाध्यम बन्द भएका र ६ हजार ४ सयभन्दा बढी पत्रकारले अगस्ट १५ यता जागिर गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमाबडामहारानी रत्नक ...

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको ...

जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved