एमाले सुनसरीको जारी मतगणना स्थगित : अध्यक्षमा भण्डारीको अग्रता, चौधरी निरिह

  • पुस २९, २०७८
  • कालापानी मिडिया
alt

इटहरी / नेकपा एमाले सुनसरीको पदाधिकारी तर्फको मत गणना आजलाई स्थगित भएको छ । निर्वाचन कमिटीले चिसोका कारण भोलि विहान सम्मका लागि मत गणना स्थगित गरिएको जनाएको छ । मूख्य निर्वाचन अधिकृत गोविन्द मिश्रका अनुसार आजलाई स्थगित मत गणना भोलि विहान १०:३० बाट सुरु गरिने छ । एमाले जिल्ला पार्टी कार्यालयमा भैरहेको मत गणना आजालाई स्थगित गरिनु पूर्व पदाधिकारी तर्फ १ सय ७५ मत गनिएको छ ।

१ सय ७४ मत गणना हुँदा अध्यक्ष तर्फ रेवतीरमण भण्डारीले अग्रता लिएका छन । उनले ८७ मत प्राप्त गर्दा प्रत्यासी खेमराज पोखरेलले ७६ मत ल्याएका छन । द्वारिकलाल चौधरीले भने अहिले सम्म मात्र १० मत पाएका छन । उनी गणनाको सुरुवाती चरण देखिनै भण्डारी र पोखरेल भन्दा निकै पछि परेका थिए । अध्यक्ष तर्फ १ मत बदर भएको छ ।

त्यसैगरी उपाध्यक्ष तर्फ निलम खनालले १ सय २ मत ल्याएका छन भने नन्द बस्नेतले ६५ मत ल्याएका छन । निर्वाचन कमिटीले दिएको जानकारी अनुसार उपसचिवमा राम कोइरालाले ८९, योग्यराज खड्काले ५३, अञ्जनी पोखरेलले ५३, लोकेश निरौलाले ५२,अर्जुन गहतराजले २८ , पदम लिम्बुले ३६ र लहरु जिमीले १६ र मत ल्याएका छन ।

हिजो इनरुवा खेल मैदानमा सम्पन्न मतदानमा कुल मतदाता २ हजार १ सय ५० मध्ये १ हजार ८ सय ५ जनाले मत खसालेका थिए । एमाले सुनसरीको पदाधिकारी तर्फ अध्यक्ष, उपाध्यक्षमा एक–एक जना र उप–सचिवमा २ जना निर्वाचित हुनेछन । सचिव तर्फ पर्शुराम यादव भने यस अघिनै निर्विरोध भैसकेका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बागमती लुम्बिनी र गण ...

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव ...

बागमती विश्वविद्यालय ...

हेटौँडा । बागमती विश्वविद्यालय अन्तर्गत सञ्चालित हेटौँडा क्याम्पसमा नयाँ, उन्नत तथा व्यावसायिक शैक्ष ...

बाढीपीडितलाई प्रधानम ...

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढीले पुर्‍याएको मानवीय र भौतिक क्षतिप्रति दुःख ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved