प्याब्सन प्रदेश १ को निर्वाचन : अध्यक्षमा टिकाराम ढकालको एकल उम्मेदवारी

  • पुस २९, २०७८
  • कालापानी मिडिया
alt

विराटनगर । निजी आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) प्रदेश १ को नयाँ नेतृत्व सर्वसम्मत हुने भएको छ ।

नयाँ नेतृत्वको लागि बिहीबार निर्वाचन हुँदैछ । मंगलबार भएको मनोनयनमा प्याब्सन प्रदेश १ को अध्यक्षको लागि टिकाराम ढकालको मात्र उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । उनी प्याब्सन प्रदेशका वरिष्ठ उपाध्यक्ष हुन् । उनी प्याब्सन मोरङको पूर्व अध्यक्ष पनि भइसकेका छन् ।

अध्यक्षमा ढकालको एकल उम्मेदवारी परेकोले उनी निर्विरोध निर्वाचित हुने सुनिश्चित भएको हो । यस्तै वरिष्ठ उपाध्यक्षमा सुमित थापाले उम्मेदवारी दर्ता गराएका छन् । दुई जना उपाध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा जीवन पनेरु, ज्ञान कुमार दाहाल र अर्जुन बस्नेतको उम्मेदवारी रहेको छ । यस्तै सचिवमा कोषराज प्याकुरेल, कोषाध्यक्षमा राजेश आचार्य, सहसचिव विष्णुप्रसाद कोइराला र सहकोषाध्यक्षमा युसुभ पाण्डेको उम्मेदवारी परेको छ ।

दुई जना उपाध्यक्षका लागि तीन जनाको उम्मेदवारी दर्ता भएपनि बिहीबार साँझसम्म सहमति गरेर सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न प्याब्सनका केन्द्रीय नेतादेखि प्रदेशसम्म लागि परेका छन् ।

यस्तै पाँच जना सदस्यको लागि ८ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ । सदस्यमा भानुभक्त राजवंशी, संजिव कुमार प्रधान, ज्ञान कुमार लिम्बू, रुक्मीणा गौतम, निश्चल राज शाक्य, डिक बहादुर थापा, भुवन श्रेष्ठ र विश्वास ढकालको उम्मेदवारी परेको छ ।

शुक्रबार विहान ८ बजेसम्म मनोनयन फिर्ताको समय रहेको छ । मोरङको उर्लाबारीमा बिहीबार हुने प्याब्सन प्रदेशको तेस्रो अधिवेशनमा ४ सय ५९ जना प्रतिनिधि सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

माथिल्लो त्रिशूली सु ...

काठमाडौँ। रसुवास्थित माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका ३५० जना मजदुर तथा स्थानी ...

रसुवाका बाढीपीडितलाई ...

काठमाडौँ। हिमानी ट्रष्टले रसुवाका बाढीपीडितहरूबिच उद्धार तथा राहतका लागि रु. २ करोड नगद सहयोगका साथै ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved