स्थानीय तहको चुनावबारे छलफल गर्न आज सर्वदलीय बैठक

  • पुस ३०, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं । स्थानीय तहको चुनावबारे छलफल गर्न निर्वाचन आयोगले शुक्रवार (आज) सर्वदलीय बैठक बोलाएको छ ।बिहान ११ बजेपछि बस्ने बैठकमा पालिकाको चुनावको मिति तयसँगै आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचन र मतदाता नामावली अद्यावधिकका बारेमा छलफल हुने छ । बैठकमा आयोगले पालिका, प्रदेश वा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने १७ दललाई बोलाएको छ ।

आयोगका पदाधिकारीले गएको कात्तिक ८ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पालिकाको चुनाव निर्धारित मितिमै गर्नुपर्ने सुझाव दिएका थिए । गएको पुस ९ गते प्रधानमन्त्री देउवालाई भेटेर आयोगका पदाधिकारीले वैशाख १४ र वैशाख २२ गते पालिकाको चुनाव गर्न प्रस्ताव गरेका थिए । तर सरकारले अहिलेसम्म यसबारे कुनै निर्णय गरेको छैन ।

आयोगका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले दलहरूसँगको छलफलपछि मात्रै निर्वाचनको मिति तय गर्ने बताएका थिए । स्थानीय तह निर्वाचन ऐन २०७३ को व्यवस्थाअनुसार स्थानीय तहका पदाधिकारीको पदावधि आउँदो जेठ ५ मा सकिँदैछ ।

संविधानको धारा २२५ मा स्थानीय जनप्रतिनिधिको कार्यकाल समाप्त भएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने भनिए पनि स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ बमोजिम कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि नै चुनाव हुनुपर्ने व्यवस्था छ ।

साथै कार्यकाल समाप्त भएपछि स्थानीय तह सञ्चालनसम्बन्धी कुनै स्पष्ट कानुनी व्यवस्था नभएकाले वैशाखमा चुनाव गर्न उपयुक्त हुने आयोगले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बागमती विश्वविद्यालय ...

हेटौँडा । बागमती विश्वविद्यालय अन्तर्गत सञ्चालित हेटौँडा क्याम्पसमा नयाँ, उन्नत तथा व्यावसायिक शैक्ष ...

बाढीपीडितलाई प्रधानम ...

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढीले पुर्‍याएको मानवीय र भौतिक क्षतिप्रति दुःख ...

रसुवा बाढी : नेपाली ...

काठमाडौं  : नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पीडितको उद् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved