एमाले सुनसरीको निर्वाचन: धरान भुगोलबाट ३ महिलासहित १० जना निवार्चित

  • माघ २, २०७८
  • कालापानी मिडिया
alt

धरान/ नेकपा एमाले सुनसरीको जिल्ला सदस्यहरुको निर्वाचनको मतगणनामा धरान भुगोलको गणना सकिएको छ । 

इनरुवास्थित पार्टी कार्यलयमा शुक्रबार साँझ सकिएको सदस्यहरुतर्फ धरान भुगोलको मतगणना सकिएको हो । धरानको भुगोलतर्फ ७ जनाको कोटामा १५ ले उम्मेदवारी दिएका थिए । ती मध्ये ऋषिराज राईले सर्वाधिक ११२० मत पाउदै निवार्चित भएका छन् । यस्तै, नारायण सुवेदीले १००७, मीनकुमार सुब्बा ९४१, राजमणी निरौलाले ९१४, हेमराज सुवेदी ९००, जयन्त गौतम ८३८ र नरेश इवारम ७९३ मतका साथ निवार्चित भएका छन् ।

पराजित उम्मेदवारहरु रेवतीरमण राईको ७६६ मत, नेत्र काफ्लेको ७६४ मत, प्रेमकुमार राईको ६१० मत, गोविन्द महतको ५४५ मत, चन्द्र सुवेदीको ५०४ मत, सन्तोष कोइरालाको ६२१ मत, सुवास पौडेलको ५७४ मत र संग्रामसिंह लिम्बुको ४३९ मत छ ।

यस्तै, धरान भुगोल महिलातर्फ ३ जनाको कोटामा ४ जनाको उम्मेदवारी परेको थियो । ती मध्ये सविता राईले सर्वाधिक १२०५ मतका साथ निवार्चित भएकी छिन् भने इन्द्रकला राई ११६९ मत र लिला राई ११६३ मतका साथ विजयी भएकी छिन् । पराजित उम्मेदवार यशोधा कायस्थले ९७१ मत पाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बागमती विश्वविद्यालय ...

हेटौँडा । बागमती विश्वविद्यालय अन्तर्गत सञ्चालित हेटौँडा क्याम्पसमा नयाँ, उन्नत तथा व्यावसायिक शैक्ष ...

बाढीपीडितलाई प्रधानम ...

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढीले पुर्‍याएको मानवीय र भौतिक क्षतिप्रति दुःख ...

रसुवा बाढी : नेपाली ...

काठमाडौं  : नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पीडितको उद् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved