सीमाक्षेत्रको सडकबारे भारत सरकारको धारणा यथावत छ : भारतीय दूतावास

  • माघ २, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं ।  लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा सडक निर्माण गरिरहेको सम्बन्धमा आफ्नो धारणा नेपाल सरकारलाई जानकारी गराइसकेको भारतले बताएको छ ।

काठमाडौँस्थित भारतीय दूतावासले आज (शनिबार) विज्ञप्ति जारी गरी आफ्नो धारणाबारे जानकारी गराएको हो । दूतावासका प्रवक्ता नवीन कुमारले सीमा सम्बन्धमा आफ्नो सरकारको धारणा यथावत् रहेको जनाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक विस्तार गरिरहेको बताएपछि नेपालमा आलोचना भएको छ । उत्तराखण्डमा पुस १५ मा नेपाल हुँदै मानसरोवर जाने बाटो निर्माण गरिरहेकोबारे मोदीले बोलेपछि उनको अभिव्यक्तिमा आलोचना भएको हो ।

सत्तारुढ तथा प्रतिपक्षी दलले भारतसँग कूटनीतिक संवाद गर्न र सडक विस्तार तत्काल रोक्न सरकारलाई आग्रह गरेका छन् । 

भारत सरकारको धारणामा स्थापित अन्तर–सरकारी संयन्त्र र माध्यमहरूबाट सबैभन्दा उपयुक्त रूपमा सञ्चार र संवाद गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

‘भारत–नेपाल सीमामा भारत सरकारको अडान यथावत् र स्पष्ट छ । नेपाल सरकारलाई जानकारी गराइसकेको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘पारस्परिक रूपमा सहमति भएका जुन सीमा समस्या बाँकी छन्, घनिष्ठ र मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धको भावनामा आधारित रहेर ती समस्या सम्बोधन गर्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बाराको जितपुर सिमराब ...

वीरगन्ज। बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–६ निवासी ११ वर्षीया बालिका सनाया खातुन ब ...

बडीमालिकामा नेपाल टे ...

​बाजुरा। धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने बाजुराको बडीमालिका क्षेत्रमा टेलिफ ...

राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved