राजस्व बढाउन कार्यदल गठन गरेर अघि बढ्न प्रदेश १ अर्थ समितिको निर्देशन

  • माघ ६, २०७८
  • कालापानी मिडिया
alt

विराटनगर । प्रदेश १ प्रदेशसभाको अर्थ समितिले प्रदेशको राजस्वको स्रोत पहिचान तथा संकलन र अभिवृद्धिका लागि कार्यदल गठन गरी तत्काल काम थाल्न निर्देशन गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव र शाखा अधिकृतबाट चालु आर्थिक वर्ष २०७८/०७९ को प्रथम चौमासिकसम्मको आम्दानी खर्चको अवस्था तथा राजस्व सम्बन्धी अवस्था बुझेपछि अर्थ समितिले मन्त्रालयलाई राजस्वको स्रोत पहिचान तथा संकलन तर अभिवृद्धिका लागि कार्यदल गठन गरेर तुरुन्त काम थाल्न निर्देशन गरेको हो ।

अर्थ समिति सभापति मोहनकुमार खड्काले वित्तीय सामानीकरण र राजस्व बाँडफाँडमा संघीय सरकारसँग सुत्र र दर नै वृद्धि गर्न प्रदेशले पहल गर्नुपर्नेमा जोड दिँदै कार्यदल गठन गरेर कार्यअगाडि बढाउन निर्देशन गरेका हुन् ।

अर्थ समितिले संघीय सरकारसँग आगामि आर्थिक वर्षका लागि माग गरेका समपुरक र विशेष योजनाको विवरण र प्रदेश सरकारले आजसम्म लगाएका बहुवर्षीय योजनाको विवरण र स्थिति समितिलाई १० दिनभित्र बुझाउन पनि आर्थिक मामिला तथा योजना मन्त्रालयलाई निर्देशन गरेको छ । यसैगरी संघबाट प्रदेशका सबै मन्त्रालयमा दिइने सालवसाली सशर्त योजनाको विवरण, स्थिति र मुल्याङ्कन सम्बन्धित मन्त्रालयबाट मगाई ५ फागुनभित्र पेश गर्न पनि समितिले मन्त्रालयलाई अह्राएको छ ।

समिति सचिव प्रेम श्रेष्ठका अनुसार बुधबार बसेको प्रदेश १ अर्थ समितिको बैठकले प्रदेशका बजेट तथा योजना छनौट कार्यान्वयनको अवस्था र प्रदेशस्तरीय योजना र बजेट तथा कार्यक्रम तर्जुमा दिग्दर्शन, २०७६ कार्यान्वयन सम्बन्धमा आगामी बैठक प्रदेश योजना आयोगसँग बसेर छलफल गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बागमती विश्वविद्यालय ...

हेटौँडा । बागमती विश्वविद्यालय अन्तर्गत सञ्चालित हेटौँडा क्याम्पसमा नयाँ, उन्नत तथा व्यावसायिक शैक्ष ...

बाढीपीडितलाई प्रधानम ...

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढीले पुर्‍याएको मानवीय र भौतिक क्षतिप्रति दुःख ...

रसुवा बाढी : नेपाली ...

काठमाडौं  : नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पीडितको उद् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved