तयारी नपुगेको भन्दै पाँच दलीय समन्वय समिति बैठक स्थगित

  • माघ ६, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं । आवश्यक तयारी नपुगेको भन्दै सत्तारुढ पाँच दलीय समन्वय समितिको बैठक स्थगित भएको छ।प्रदेशसभा र प्रतिनिधिसभा तथा स्थानीय तह निर्वाचनसहितका विषयमा छलफल बिहीबार अपरान्ह ४ बजेका लागि बोलाइएको पाँच दलीय समन्वय समितिको बैठक स्थगित भएको हो। 

प्रधानमन्त्रीका प्रेस विज्ञ गोविन्द परियारले संयन्त्रको बैठक स्थगित भएको जानकारी दिएका छन्। यसअघि मंगलबार बसेको बैठकमा सत्तारुढमध्ये माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीले प्रदेश र प्रतिनिधिसभा निर्वाचन पहिले गर्नुपर्ने प्रस्ताव गरेका थिए।

तर यसबारेमा कांग्रेस र जनता समाजवादी पार्टीको ठोस धारणा आइसकेको छैन। निर्वाचन लगायतका अन्य विषयको आवश्यक तयारी गरेर मात्रै बैठक फेरि बस्ने बताइएको छ। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी वैशाखभित्रै गर्नेगरी सिफारिस गरिसकेको छ।

सत्ता गठबन्धन दलहरूबीच निर्वाचन मितिबारे सहमति जुट्न सकेको छैन। निर्वाचन मिति तोक्ने विषयमा शीर्ष नेताहरुले फरक–फरक धारणा राखिरहेका छन्। गठबन्धनभित्र स्थानीय निर्वाचन पहिले या संघीय निर्वाचन पहिले भन्ने विवाद छ। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बागमती लुम्बिनी र गण ...

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव ...

बागमती विश्वविद्यालय ...

हेटौँडा । बागमती विश्वविद्यालय अन्तर्गत सञ्चालित हेटौँडा क्याम्पसमा नयाँ, उन्नत तथा व्यावसायिक शैक्ष ...

बाढीपीडितलाई प्रधानम ...

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढीले पुर्‍याएको मानवीय र भौतिक क्षतिप्रति दुःख ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved