सत्ता गठबन्धनले संविधानप्रति बेइमानी र सार्वभौम जनताको अनादर गर्दैंछ : बृहत् नागरिक आन्दोलन

  • माघ ९, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं / बृहत् नागरिक आन्दोलनले संविधानले निर्दिष्ट गरे अनुसारका जनप्रतिनिधि थलोहरूलाई एकै दिन पनि रिक्त हुन नदिने र संसद्लाई पूर्ण कार्यकाल दिने गरी निर्वाचन कार्यतालिका अविलम्ब तय गर्न माग गरेको छ । सत्ता गठबन्धनले संविधानप्रति बेइमानी र सार्वभौम जनताप्रति अनादरको प्रयास गरेको नागरिक आन्दोलनको ठहर छ ।

शनिबार विज्ञप्ति जारी गरेर नागरिक आन्दोलनले भनेको छ, ‘कुन तहको निर्वाचन कहिले गर्ने भनेर निर्वाचनलाई सत्ता–स्वार्थकेन्द्रित राजनीतिक दाउपेचको विषय बनाउनु संविधानप्रति बेइमानी र सार्वभौम जनताप्रति अनादर हुने नागरिक आन्दोलनको ठहर छ ।

नागरिक आन्दोलनले स्थानीय निर्वाचन सार्ने र संघीय एवम् प्रादेशिक निर्वाचन निर्धारित समय अगावै गर्नेबारे सत्ता गठबन्धनले सुरू गरेको छलफलको बिरोध गरेको हो ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनभन्दा पहिला प्रतिनिधि सभाको निर्वाचन गर्नुपर्ने प्रस्ताव राखेको विषय सार्वजनिक भए लगत्तै नागरिक आन्दोलनले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । आगामी ५ जेठदेखि स्थानीय तहका जनप्रतिनिधिको पदावधि समाप्त हुने भए पनि उनले ६ महीना स्थानीय तह खाली गर्ने गरी चुनावको मिति प्रस्ताव गरेका हुन्। 

संसदको शीघ्र निर्वाचन गर्ने चाहना राजनीतिक दाउपेचमात्र होइन छ महिनामा दुई–दुई पटक संसद् विघटन गर्ने पूर्ववर्ती सरकारको प्रतिगमनको राजनीतिक अनुमोदन हुने नागरिक आन्दोलनको भनाई छ ।

आवधिक निर्वाचनको सुनिश्चितता लोकतन्त्रको न्यूनतम सर्त भएको भन्दै उसले भनेको छ, ‘त्यसका लागि निर्वाचनको कार्यतालिका पहिल्यै निश्चित गर्नु कुनै पनि लोकतान्त्रिक सरकारको संवैधानिक कर्तव्य हो ।’ नागरिक आन्दोलनमा वरिष्ठ पत्रकार नारायण वाग्ले, लेखक युग पाठक लगायत छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बाराको जितपुर सिमराब ...

वीरगन्ज। बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–६ निवासी ११ वर्षीया बालिका सनाया खातुन ब ...

बडीमालिकामा नेपाल टे ...

​बाजुरा। धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने बाजुराको बडीमालिका क्षेत्रमा टेलिफ ...

राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved