दुई मुख्यमन्त्री र १२ सीडीओलाई गृहमन्त्रीको फोन : संक्रमणको अवस्था कस्तो छ ?

  • माघ १०, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले दुई प्रदेशका मुख्यमन्त्री र १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेका छन्।

गृहमन्त्री खाणले फोन गरी सीमा नाकाबाट भित्रने नागरिकमा कोरोना संक्रमण, होल्डिङ सेन्टरको अवस्था, एन्टिजेन परीक्षणलगायतबारे जानकारी लिएका हुन् ।

गृहमन्त्री खाणले लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसी, मधेसका मुख्यमन्त्री लालबाबु राउत तथा सीमा नाका जोडिएका र सीमासँग नजिकका जिल्ला कैलाली, रुपन्देही, बाँके, अर्घाखाँची, कञ्चनपुर, बारा, पर्सा, मोरङ, झापा, सप्तरी, कपिलबस्तु र नवलपरासी पश्चिमका प्रजिअलाई टेलिफोन गरेर त्यहाँको अवस्थाबारे जानकारी लिएका हुन्।

तराईका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई शीतलहर र त्यसबाट नागरिकलाई बचाउन गरिरहेको प्रयासबारे पनि जानकारी लिएको उनको सचिवालयले जानकारी दिएको छ।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले गृहमन्त्री खाणले बोर्डरमा एन्टिजेन परीक्षण, स्वास्थ्य सेवा केन्द्रको अवस्था र शीतलहरबाट नागरिकलाई बचाउन भइरहेको प्रयास र आगामी योजनाबारे जानकारी लिएको बताए।

झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जिल्लामा कोरोना महामारीको स्थिति, होल्डिङ सेन्टरको अवस्था, एन्टिजेन परीक्षणबारे गृहमन्त्रीले टेलिफोनमार्फत जानकारी लिएको बताए।

गृहमन्त्री खाँणले सीमाबाट भित्रने नागरिकमा कोभिड–१९ परीक्षण गर्दा पोजिटिभ देखिए आइसोलेसनमा राख्न र नजिकैको जिल्लामा घर भएका स्वास्थ्य मापदण्ड अपनाएर घरमै आइसोलेसनमा बस्न चाहनेलाई घरसम्म पुर्‍याउने व्यवस्था मिलाउन पनि निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बाराको जितपुर सिमराब ...

वीरगन्ज। बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–६ निवासी ११ वर्षीया बालिका सनाया खातुन ब ...

बडीमालिकामा नेपाल टे ...

​बाजुरा। धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने बाजुराको बडीमालिका क्षेत्रमा टेलिफ ...

राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved