युक्रेनस्थित दूतावासका कर्मचारीको परिवारलाई देश छाड्न अमेरिकाको निर्देशन

  • माघ १०, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं । अमेरिकाले युक्रेनमा बढ्दो तनावको बीच अमेरिकाले आफ्नो दूतावासका कर्मचारीका आफन्तहरूलाई आफ्नो मुलुक फर्किन आदेश जारी गरेको छ।

अमेरिकी विदेश मन्त्रालयले युक्रेनमा रहेका आफ्ना कर्मचारीहरुलाई पनि अत्यावश्यक काम नभए स्वदेश फर्किने अनुमति दिएको छ।

साथै अमेरिका युक्रेनबाट आफ्ना नागरिक उद्धार गर्ने विषयमा पनि छलफल गरिरहेको छ। यसअघि युक्रेनमाथि रुसले आक्रमण गर्न सक्ने समाचार आएको थियो। सोही समाचारलाई ध्यानमा राख्दै यो आदेश जारी गरिएको हो। 

यद्यपि रुसले यो दाबीलाई अस्वीकार गर्दै आक्रमणको योजना नरहेको बताउँदै आएको छ। अमेरिकाले पनि रुसले युक्रेनमाथि ठूलो सैन्य कारबाहीको योजना बनाइरहेको बताउँदै आएको छ। 

अहिले युक्रेनको सीमामा अनुमानित एक लाख सेना परिचालन गरिएको छ।नेटोका प्रमुखले यसले नयाँ संघर्ष उत्पन्न हुन सक्ने खतरा रहेको चेतावनी दिएका छन्। बेलायतले पनि आधिकारिक विज्ञप्ति जारी गर्दै युक्रेनको सत्तामा रुस समर्थक नेतालाई राख्न चाहेको बताएको हो। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमाबडामहारानी रत्नक ...

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको ...

जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved