क्यामरुनको रङ्गशालामा भागदौड हुँदा ६ जनाको मृत्यु

  • माघ ११, २०७८
  • कालापानी मिडिया
alt

एजेन्सी । ३३औँ संस्करणको अफ्रिका कप अफ नेसन्स आयोजना भइरहेको क्यामरुनमा रङ्गशालामा भागदौड हुँदा ६ जनाको मृत्यु भएको छ । 

राजधानी सहर याओन्डेलको एउटा रङ्गशालामा भएको भागदौडमा ६ जनाको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको क्यामरुनको सरकारी टेलिभिजनले जनाएको छ ।

क्यामरुनको सरकारी सञ्चार माध्यम सिआरटीभीले सोमबार अफ्रिका कप अफ नेसन्स म्याच हुनुअगाडि सो भागदौड भएको जनाएको छ । ओलेम्बी रङ्गशालको प्रवेशद्वारमा सो भागदौड हुँदा सो दुखद घटना भएको हो ।

क्यामरुन र कोमोरोसबीचको खेलअगाडि भागदाैड भएको बताइएको छ । भागदाैडपछि पनि खेल खेलाइएको थियो, अन्तिम १६ को सो खेलमा कोमोरोसमाथि २–१ गोलको जित निकाल्दै क्यामरुन क्वार्टरफाइनलमा पुग्यो । 

क्यामरुनको जितमा कार्ल टोको एकाम्बी र भिसेन्ट अबौबाकरले एक–एक गोल गरे । कोमोरोसका युसफ एम चङ्गामाले एक गोल गरेका थिए । 

यता, अफ्रिकन फुटबल महासङ्घले घटनाप्रति चासो देखाएको छ । घटनाबारे क्यामरुन प्रहरीले अनुसन्धान सुरु गरेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमाबडामहारानी रत्नक ...

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको ...

जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved