राष्ट्रियसभामा सातै प्रदेशबाट १९ सदस्य निर्वाचित (निर्वाचन आयोगको विवरणसहित)

  • माघ १३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाै । राष्ट्रिसभा निर्वाचनमा देशका सातै प्रदेशमा आज (बुधबार) भएको मतदानको अन्तिम परिणाम निर्वाचन आयोगले सार्वजनिक गरेको छ । आजको निर्वाचनमा सातै प्रदेशमा १९ पदका लागि ४३ जनाले उम्मेदवारी दर्ता गरेका थिए । 

आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार प्रदेश नम्बर १ बाट जयन्तीदेवी राई, सोनामगेल्जेन शेर्पा र गोपाल बस्नेत, मधेसबाट उर्मिला अर्याल र मोहम्मद खालिद, वाग्मतीबाट गोमादेवी तिमिल्सिना र कृष्णप्रसाद पौडेल र गण्डकीबाट कमला पन्त, भुवनबहादुर सुनार र सुरेशकुमार आलेमगर निर्वाचित भएका छन् । 

लुम्बिनी प्रदेशबाट राजेन्द्रलक्ष्मी गैरे, तुलप्रसाद विश्वकर्मा र युवराज शर्मा, कर्णालीबाट नरबहादुर विष्ट र उदयबहादुर बोहोरा तथा सुदूरपश्चिमबाट मदनकुमारी साह गरिमा, जगतबहादुर पार्की र नारायणदत्त मिश्र विजयी भएका हुन् । राष्ट्रियसभाका ५९ सदस्यमध्ये १९ जनाको पदावधि आउँदो फागुन २० मा सकिँदै छ । 

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का आठ, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का चार, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का चार र  नेपाली काङ्ग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएकाले ती रिक्त स्थानका लागि निर्वाचन भएको हो । सदस्यको पदावधि समाप्त हुन ३५ दिनघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । 

उनीहरूको पदावधि सकिने भएपनि आज ती पदमा निर्वाचन भएको हो । छ वर्षे कार्यकाल रहने राष्ट्रियसभाका प्रत्येक एकतिहाई सदस्यको कार्यकाल दुई वर्ष, चार वर्ष र छ वर्षमा सकिँदै जान्छ ।

आज सम्पन्न निर्वाचनको अन्तिम परिणाम यस्तो छ :

96235904-da73-4e26-8e9e-d2306883dda9

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

माथिल्लो त्रिशूली सु ...

काठमाडौँ। रसुवास्थित माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका ३५० जना मजदुर तथा स्थानी ...

रसुवाका बाढीपीडितलाई ...

काठमाडौँ। हिमानी ट्रष्टले रसुवाका बाढीपीडितहरूबिच उद्धार तथा राहतका लागि रु. २ करोड नगद सहयोगका साथै ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved