स्थगित गरिएका परीक्षाफल प्रकाशित गर्न सर्वोच्च अदालतको परमादेश

  • माघ १३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौँ / स्थगित गरिएका परीक्षाफल प्रकाशित गर्न सर्वोच्च अदालतले लोकसेवा आयोगलाई परमादेश दिएको छ।न्यायाधीशहरू आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको संयुक्त इजलासले बुधबार यस्तो आदेश दिएको हो। स्थगित गरिएका विज्ञापनको परीक्षाफल प्रकाशन गर्न सर्वोच्चले परमादेश दिएको छ।

आयोगले विभिन्न मितिमा लिएका परीक्षाको नतिजा रोकेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परीक्षा फल रोक्न भनेपछि आयोगले परीक्षाफल प्रकाशित गरेको छैन।

तर सर्वोच्चले नतिजा रोक्ने सम्बन्धमा भएका निर्णय तथा काम–कारबाही उत्प्रेषणको आदेशद्वारा बदर गरेको हो। आदेशमा स्थगित गरिएका विज्ञापनहरूको परीक्षाफल चाँडै प्रकाशित गर्न निर्देशन दिइएको छ।

समायोजनमार्फत प्रदेश र पालिकामा गएका कर्मचारीलाई पुनः सङ्घीय निजामती सेवामा ल्याउन नमिल्ने फैसलासमेत सर्वोच्चले गरेको छ।

समायोजन भएर प्रदेश र पालिकामा गएका शाखा अधिकृतहरूको तर्फबाट दायर भएको रिट खारेज गर्दै सर्वोच्चले यस्तो फैसला गरेको हो।सर्वोच्चले उनीहरूको वृति विकासका लागि थप प्रबन्ध गर्न सरकारलाई आदेश दिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बागमती लुम्बिनी र गण ...

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव ...

बागमती विश्वविद्यालय ...

हेटौँडा । बागमती विश्वविद्यालय अन्तर्गत सञ्चालित हेटौँडा क्याम्पसमा नयाँ, उन्नत तथा व्यावसायिक शैक्ष ...

बाढीपीडितलाई प्रधानम ...

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढीले पुर्‍याएको मानवीय र भौतिक क्षतिप्रति दुःख ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved