स्वास्थ्य मापदण्ड उल्लंघन : प्रदेश मन्त्रीकी छोरीको विवाहमा पाक्यो २० क्वीन्टल चामल, ५ हजारले खाए भोज

  • माघ १५, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं । कोरोना संक्रमण रोक्न सरकारले २५ जनाभन्दा बढी भेला हुन निषेध गरेको छ। तर, मधेस प्रदेशका एक मन्त्रीले छोरीको विवाहमा हजारौंलाई भेला गरेर भोज नै खुवाएका छन्। 

आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले छोरी मेघाको विवाह बिहीबार रौतहट निवासी रोमन साहसँग गरिदिएका हुन्। उक्त विवाहमा कुनै स्वास्थ्य मापदण्ड कायम थिएन। पाँच हजारभन्दा बढीलाई भेला गरेर भोजसहितको विवाह मन्त्री साहले आयोजना गरेका हुन । 

जिल्ला प्रशासन कार्यालय महोत्तरीले पनि गत माघ २ गते सूचना जारी गर्दै बैठक, सभा समारोहमा रोक लगाएको थियो। तर, विवाहको स्वयंवरमा मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्र पनि उपस्थित भए। स्वयंवरपछिको भोजमा मुख्यमन्त्री लालबाबु राउत सहभागी भए। 

सभामुख सरोजकुमार यादव, अर्थमन्त्री शैलेन्द्रप्रसाद यादव र भौतिक पूर्वधारमन्त्री रामसरोज यादव पनि त्यहाँ थिए। खचाखच भीडमा पुगेर संघीय सरकारका पूर्वमन्त्री मातृका यादव र रामेश्वर राय यादवले प्रशासनले जारी गरेको सूचनाको बर्खिलाप गरे। प्रदेशस्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुखहरू पनि नियम उल्लंघनको साक्षी बने।

बिहीबार साँझ बर्दिबासस्थित एक पार्टी प्यासेलमा उक्त वैवाहिक कार्यक्रम सम्पन्न भएको थियो। त्योभन्दा दुई दिनअघि महोत्तरीको गौशाला नगरपालिका–६ फुलकाँहास्थित पुख्र्यौली गाउँमा कम्तीमा २० क्विन्टल चामलको भोज थियो। मन्त्री साहले भोज खुवाउन वडा कार्यालय र स्वास्थ्य कार्यालयको प्रांगणसमेत प्रयोग गरेका थिए। 

मधेस प्रदेश भारतीय सीमासँग जोडिएको छ। भारतमा कोरोनाको संक्रमण बढ्दो छ। प्रशासनले मधेसका जिल्ला उच्च जोखिममा छन्। कोरोनाको मापदण्डलाई कडापूर्वक लागू गर्न प्रशासनले निर्देशन दिएको हो। तर, त्यो कानुन प्रदेश सरकारकै उच्च पदस्थले मुठ्ठीमा लिएका छन्।

स्वास्थ्य निर्देशनालयका प्रमुख विजयकुमार झा भन्छन्, ‘अनियन्त्रित भीडले कोरोना फैलिन मद्दत गरेको छ। ५० प्रतिशतले अझै मास्क लगाउँछन्, खोप लगाउन मान्दैनन्। कोरोना केही होइन भनेर खेलाँची गर्छन्।’ 

मार्गदर्शन दिने तहबाट कोरोना महामारी नियन्त्रणको मापदण्ड उल्लघंन हुनु दुःखद् रहेको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए। ‘उहाँहरूले नै मापदण्ड लागू गर्न निर्देशन दिनुहुन्छ। उहाँहरू नै मान्नुहुन्न। ओखती कसलाई रु बिरामीलाई भनेजस्तो भयो’, उनले अन्नपूर्णसँग भने, ‘कानुनअनुसार वडा कार्यालय र स्वास्थ्यचौकी बन्द गरेर भोज खुवाउन पाइँदैन।’

महामारीका बेला निर्धारित मापदण्ड अटेर गरेमा रोग संक्रमण ऐन २०२० बमोजिम कडा कारबाही हुने उल्लेख छ। मन्त्रीले नै ऐन हातमा लिएर खुलेआम चुनौती दिँदा पनि सरोकारवाला निकाय मौन छन्। ‘मन्त्रीज्यूले जसरी पनि आउनू भनेर निमन्त्रणा पत्र पठाउनु भयो। फोन गर्नुभयो। नजाने कुरो भएन’ सभामुख सरोजकुमार यादव भन्छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा राजकरण महतोले लेखेका छन्। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved