देउवा, दाहाल र नेपालबीच भेटवार्ता

समसामयिक राजनीतिक घटनाक्रम र एमसिसी बारे छलफल

  • माघ १७, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) विवाद चलिरहेको बेलामा तीन शीर्ष नेताहरूको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको तीन शीर्ष नेताहरूबीच भएको भेटवार्तामा पछिल्लो समयको समसामयिक राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले बताए।

तीन नेताबीचको छलफलमा एमसिसी र स्थानीय तहको निर्वाचनको मिति तोक्ने बारेमा छलफल भएको बुझिएको छ। छलफलमा सरकारका प्रवक्तासमेत रहेको सञ्चार ज्ञानेन्द्रबहादुर कार्कीसमेत सहभागी थिए।

शनिबार बसेको उच्चस्तरीय संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवाले एमसिसी अनुमोदन गर्ने शर्तमा मात्रै गठबन्धन कायम राख्ने शर्तले नयाँ तरंग पैदा भइरहेको छ।

आइतबार मात्रै सञ्चारमन्त्री कार्की प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बाराको जितपुर सिमराब ...

वीरगन्ज। बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–६ निवासी ११ वर्षीया बालिका सनाया खातुन ब ...

बडीमालिकामा नेपाल टे ...

​बाजुरा। धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने बाजुराको बडीमालिका क्षेत्रमा टेलिफ ...

राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved