मैत्रीपूर्ण फुटबल : लगातार दोस्रो जित निकाल्ने दाउमा नेपाल

  • माघ १८, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टिमले मङ्गलबार (आज) अफ्रिकी राष्ट्र मोरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ ।नेपाल र मरिससबीचको खेल अपराह्न ४ः४५ बजेबाट त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । यसअघि शनिबार साँझ भएको मोरिससविरुद्ध पहिलो मैत्रीपूर्ण खेलमा १–० गोलको जित निकालेको थियो ।

नेपालको जितमा तीन वर्षपछि राष्ट्रिय टिममा फर्किएका विमल घर्तीमगरले निर्णायक गोल गरेका थिए । अब, आज दोस्रो खेलमा पनि नेपाल जित निकाल्ने दाउमा हुनेछ । यसका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टोलीमा दुई खेलाडी परिवर्तन गर्दै टिम घोषणा गरेका छन् ।

उनको टिमबाट डिफेन्डर अनन्त तामाङ र प्रशान्त अवस्थी बाहिरिएका छन् । यस्तै, मनिष डाँगी र दर्शन गुरुङ समावेश छन् । किरणकुमार लिम्बुको कप्तानीमा रहेको टिममा विशाल श्रेष्ठ, शत्रुघन चौधरी, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरजज्यु ठकुरी, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नवीन गुरुङ, सुजल श्रेष्ठ, सुवास गुरुङ, अन्जन विष्ट, आशिष लामा, विमल घर्तीमगर, मनिष डाँगी, आशिष राई, एरिक विष्ट, सुशील राई, दर्शन गुरुङ र सन्तोष तामाङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved