दिमाग खराब नगर्नुस्, यो गठबन्धन टुट्नेवाला छैन : माधव नेपाल

  • माघ १९, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको भावनालाई सम्मान गर्दै राष्ट्रको हितलाई केन्द्रमा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बालुवाटारमा छलफल गरेपछि नेपालले यस्तो बताएका हुन् ।

अनेरास्ववियुले काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रममा नेपालले गठबन्धन प्रदेश र प्रतिनिधिसभा चुनावसम्म नै जाने दाबी पनि दोहोर्‍याएका थिए । ‘गठबन्धनलाई बलियो बनाएर लैजानु पर्छ भन्ने प्रतिबद्धता व्यक्त गरेका छौं,’ प्रधानमन्त्री र दाहालसँग भएको छलफलबारे नेपालले भने, ‘जनताको भावनालाई पनि सम्मान गर्ने र नेपालको हितलाई केन्द्रबिन्दुमा राख्दै हामीले अगाडि बढ्ने सोच बनाएका छौं ।’

पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले पाँच दलीय गठबन्धनबारे आएका समाचारका सम्बन्धमा पनि बालुवाटारमा छलफल भएको बताए । उनले बाहिर सार्वजनिक भएका समाचार तथ्यमा आधारित नरहेको पनि आरोप लगाए । ‘पाँचदलीय गठबन्धन गरिरहेका छौं । दिनदिनै पत्रिकामा समाचार पढेर कतिपयको दिमाग खराब हुने गरेको छ । दिमाग खराब गर्ने काम नगर्नुस्, यो गठबन्धन टुट्नेवाला छैन,’ उनले भने ।

एमसीसीलाई अगाडि बढाउन प्रधानमन्त्री देउवाले गठबन्धनका नेताहरूसँग छलफल गरिरहेका छन् । देउवा तत्काल एमसीसी संसद्बाट पारित गर्नुपर्ने पक्षमा छन् भने दाहाल र नेपालले यथास्थितिमा एमसीसीका पक्षमा संसद्मा मतदान गर्न नसकिने बताइरहेका छन् ।

संविधान र लोकतन्त्र जोगाउँदै संघीयताको रक्षा गर्न गठबन्धन बनेको बताउँदै नेपालले मुलुकलाई गलत दिशातिर लैजाने प्रयास रोकिएको बताए । एमालेले प्रतिनिधिसभामा जारी राखेको अवरोधप्रति पनि नेपालले आपत्ति जनाएका छन् ।

‘प्रतिनधिसभा क्रियाशील हुनुपर्ने, बनाउनुपर्नेमा जनताका, राष्ट्रका समस्याबारे छलफल गर्नुपर्नेमा बाधा व्यवधान खडा भइरहेको छ,’ उनले भने, ‘सबैतिर गञ्जागोल पैदा गरेर नेपालको राजनीतिलाई गलत दिशातिर लिएर जाने प्रवृत्ति केपी ओली नेतृत्वको एमालेले गरेको छ ।’ त्यो प्रवृत्तिको विरुद्धमा आफूहरू रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बाराको जितपुर सिमराब ...

वीरगन्ज। बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–६ निवासी ११ वर्षीया बालिका सनाया खातुन ब ...

बडीमालिकामा नेपाल टे ...

​बाजुरा। धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने बाजुराको बडीमालिका क्षेत्रमा टेलिफ ...

राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved