सभामुखले एमसीसी रोक्न मिल्दैन, सरकारले अघि बढाए सांसदहरुले फैसला गर्छन् : ओली

  • माघ २०, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी परियोजना एमसीसीलाई आफ्नो न्यूनतम् साझा कार्यक्रममा नराखेका सत्तारुढ गठबन्धनले अहिले अनावश्यक हल्ला गरेको बताएका छन्। अहिले बाहिर हल्ला गरे जस्तो अवस्था गठबन्धन भित्र नरहेको पनि उनले टिप्पणी गरेका छन्। 

'एमसीसीको अवस्था गठबन्धनमा बाहिर हल्ला गरे जस्तो देखिएन। उनीहरुको न्यूनतम् साझा कार्यक्रममा एमसीसी त छैन', ओलीले भने, 'जनतामा नक्कली हल्ला चलाएर हिँडेका छन्।'ओलीले यदि गठबन्धन सरकारले संसदमा निर्णयार्थ प्रस्तुत गर्न लैजान्छ भने सभामुखले एमसीसी  रोक्न नमिल्ने पनि उनले तर्क गरे। 

तर ओलीले आफ्नो पालामा एमसीसी अघि बढाउन खोज्दा सभामुख अग्नि सापकोटाले रोकेको पनि संकेत गरे। 'एमसीसीलाई सभामुखले कानुनविपरीत रोक्ने काम गरे। संसदले पास गर्छ या फेल गर्छ त्यो त्यहीँको कुरा हो।

सरकारले अघि बढाएपछि त्यसलाई सभामुख रोक्न मिल्दैन', उनले भने, 'तर अहिले सरकारको निर्णयबारे सभामुखले असंवैधानिक रुपमा फैसला गर्छन्। सभामुख असंवैधानिक बाटोमा छन्। आफ्नो कानुनी हैसियताभन्दा बाहिर र पदीय मर्यादा विपरीतका काममा लागेका छन्।'

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बाराको जितपुर सिमराब ...

वीरगन्ज। बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–६ निवासी ११ वर्षीया बालिका सनाया खातुन ब ...

बडीमालिकामा नेपाल टे ...

​बाजुरा। धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने बाजुराको बडीमालिका क्षेत्रमा टेलिफ ...

राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved