‘आरआरआर’ले तोक्यो नयाँ प्रदर्शन मिति

  • माघ २०, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं । बहुप्रतीक्षित दक्षिण भारतीय फिल्म ‘आरआरआर’ले नयाँ रिलिज डेट सार्वजनिक गरेको छ।अब यो फिल्म २०२२ को मार्च २५ मा रिलिज हुने भएको छ। 

यसअघि सन् २०२२ जनवरी ७ लाई रिलिज मिति तोकिएको थियो। फिल्म युनिटले प्रचारमा ठूलो लगानी गरिरहेको थियो।तर भारतमा कोरोनाको नयाँ लहर फैलिएसँगै सिनेमा हल बन्द भए। हल बन्दको खबर सँगै फिल्म रिलिज स्थगित गरिएको थियो। 

फिल्म रिलिज मितिलाई लिएर पटक पटक छलफल भएको छ। मार्च १८ वा अप्रिल २८ लाई प्रदर्शन मिति लिन निर्माता निर्देशक लागि परेका थिए । अन्तत: फिल्म मार्च २५ मा रिलिज हुने भएको छ। 

मार्च १८ मा अक्षयकुमारको ‘बच्चन पाण्डे’ र २८ अप्रिलमा अजय देवगनको ‘रनवे ३४’ रिलिज हुने भएपछि यी दुबै मिति छलेर ‘आरआरआर’ मार्च २५ मा रिलिज हुने भएको हो। 

एसएस राजामौलीले निर्देशन गरेको यो फिल्ममा जुनियर एनटीआर, रामचरण, अजय देवगण, आलिया भट्ट लगायतका कलाकारले अभिनय गरेका छन्। यो फिल्म हिन्दी, तामिल, तेलुगू, मलयालम र कन्नडमा पनि रिलिज हुँदै छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved