विवादित पृष्ठभूमिका गैरसांसद लामा कर्णालीमा माओवादीबाट मन्त्री बन्दै

  • माघ २१, २०७८
  • कालापानी मिडिया
alt

कर्णाली / कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रले विवादित पृष्ठभूमिका गैरसांसदलाई मन्त्री बनाउने भएको छ।संविधानअनुसार ६ महिनासम्म गैर सांसद पनि मन्त्री हुन पाउँदै प्रावधानमार्फत माओवादीले गैर सांसद छिरिङ दुम्दुम लामा उर्फ कार्चेन लामालाई मन्त्री बनाउन लागेको हो। 

करिब ३ महिनापछि मन्त्रिपरिषद् विस्तार गर्न लागिएपछि माओवादीबाट लामासहित जाजरकोटका गणेशप्रसाद सिंहलाई पनि मन्त्री बनाउन लागिएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रिपरिषद् विस्तारका क्रममा लामालाई पनि मन्त्री नियुक्त गर्न लागेका हुन्। 

उनी हिमाली भोटे लामा राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष पनि हुन्। उनी अहिले माओवादी केन्द्रको कर्णाली प्रदेश कमिटी समितिका सदस्य पनि छन्। तर उनी यसअघि चोरी मुद्दामा जेल पुगिसकेका व्यक्ति हुन्। उनीमाथि चीनको ताक्लाकोटस्थित खोचेर गुम्बाको १२ सय वर्ष पुरानो मुर्ति चोरी गरेको अभियोग लागेको थियो। 

उक्त मुर्ति चोरी प्रकरणमा जिल्ला प्रहरी कार्यालय हुम्लाले २०४९ सालमा लामा र छिरिङ पाल्देन लामाविरुद्ध चोरी मुद्दा चलाएको थियो। प्रहरीले २०४९ मंसिर १४ गते नैतिक पतन देखिने फौजदारी अभियोगमा मुद्दा दायर गरेको थियो ।

त्यसबेला जिल्ला अदालत हुम्लाका न्यायाधीश नीलकण्ठ उपाध्यायले लामालाई दोषी ठहर गर्दै  २०५१ मा दुई वर्ष जेल सजाय सुनाएका खुलेको छ।उक्त फैसलाको सजाय र ५ हजार जरिबाना मन्त्री हुन लागेका लामाले गत असोजमा मात्रै भुक्तान गरेको खुलेको छ। 

माओवादीबाट मन्त्री हुन लागेका सिंह अर्थमन्त्री जनार्दन शर्मा 'प्रभाकर'निकट मानिन्छन्। हुम्लाका लामा नेता शक्ति बस्नेतनिकट रहेको बताइएको छ। तर, कर्णाली प्रदेशमा सांसदहरु हुँदा हुँदै गैरसांसदलाई मन्त्री बनाउन लागिएको भन्दै असन्तुष्टिका स्वरहरु देखिएका छन्। 

कर्णालीमा सत्ता गठबन्धनमा भागवण्डा मिल्न नसकेपछि तीन महिनादेखि सरकार अपूरो छ। मन्त्रिमण्डल विस्तार गर्न नसकेपछि मुख्यमन्त्री शाहीको चर्को आलोचना भइरहेको छ। 

सत्ता साझेदार माओवादी केन्द्र र कांग्रेसबीच मन्त्रालय बाँडफाँटमा कुरा नमिलेपछि सरकारले पनि गति लिन सकेको छैन।सरकार विस्तारका क्रममा एकीकृत समाजवादी पार्टीले जुम्लाका पदम रोकायालाई मन्त्री बनाउने भएको छ।

उता कांग्रेसले यज्ञबहादुर बुढा क्षेत्री र हिमबहादुर शाहीलाई मन्त्री बनाउने तयारी गरेको छ।मुख्यमन्त्री शाहीको मन्त्रिमण्डलमा अहिले माओवादीबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा विन्दमान विष्ट र समाजवादीबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा चन्द्रबहादुर शाही छन्। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बाराको जितपुर सिमराब ...

वीरगन्ज। बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–६ निवासी ११ वर्षीया बालिका सनाया खातुन ब ...

बडीमालिकामा नेपाल टे ...

​बाजुरा। धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने बाजुराको बडीमालिका क्षेत्रमा टेलिफ ...

राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved