नेताकै कुदृष्टिका कारण देश बिग्रियो : मन्त्री प्रेमबहादुर आले

  • माघ २२, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेताहरूको कुदृष्टिको कारणले गर्दा देश बिग्रिएको बताएका छन् ।

शुक्रबार पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै मन्त्री आलेले नेताहरूका कारण देश बिग्रिएको बताएका हुन् । नेताहरूको चरित्र असल भएको भए देशको यो हालत नहुने भन्दै उनले नेताहरूको कुदृष्टिका कारण देश बिग्रिएको बताए । देश बिग्रिनुको पहिलो दोष राजनीतिज्ञहरूलाई जाने उनको भनाइ छ । 

मन्त्री आलेले आजका दिनसम्म मन्त्रालयअन्तर्गतको विभिन्न अनियमितताहरूको अध्ययन गर्नमै आफ्नो समय खर्च भइरहेको उल्लेख गरे । उनले तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईले बतास समूहसँग सेटिङ गरी सस्तोमा जग्गा भाडामा उपलब्ध गराउनेदेखि विभिन्न निकायहरूमा बतास समूहसँग सम्बन्धित मान्छेहरूलाई राजनीतिक नियुक्ति दिलाएको आरोप पनि लगाए । 

उनले मन्त्रीहरूले राजनीतिक नियुक्ति दिलाउनका लागि बार्गेनिङ गर्ने गरेको देखेको पनि खुलासा गरे । मन्त्रीसँग आर्थिक बार्गेनिङ गरेर नियुक्त भएको मान्छेले काम नगर्ने र पैसा कमाउने मात्रै उद्देश्य राख्ने पनि उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बाराको जितपुर सिमराब ...

वीरगन्ज। बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–६ निवासी ११ वर्षीया बालिका सनाया खातुन ब ...

बडीमालिकामा नेपाल टे ...

​बाजुरा। धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने बाजुराको बडीमालिका क्षेत्रमा टेलिफ ...

राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved