पाँच लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य

  • माघ २२, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं । कारोना महामारीको प्रभाव अन्त्यसँगै याे वर्ष ५ लाख पर्यटक भित्र्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सरकारकातर्फबाट पूर्ण सहयोग रहने बताएका छन्। 

सन् २०२१ मा नेपालमा ३२ वर्षयताकै सबैभन्दा कम १ लाख हाराहारी मात्र पर्यटक आएका थिए। सरकारले २०२२ मा ५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। यसका लागि राष्ट्रिय स्तरको समिति गठन गरिएको छ।

मन्त्रालयमा शुक्रबार बेलुका बसेकाे पर्यटन पुनरुत्थान समितिकाे पहिलो बैठकले सन् २०२२ मा ५ लाख र २०२३ मा यो संख्यालाई दोब्बर गर्ने लक्ष्य सार्वजनिक गरेको हो। कार्यक्रममा मन्त्री आलेले कोरोनाका कारण थला परेको पर्यटन क्षेत्र  उकास्न सरकारले प्राथमिकता दिने बताए।

उनले भने, ‘कोरोनाले हाम्रो पर्यटन क्षेत्र पूर्ण रूपमा धराशायी बनेको छ, पर्यटन प्रवर्द्धन तथा विकासका लागि के गर्नुपर्छ सरकार तयार छ।’कोरोनाका कारण थला परेका पर्यटन उद्योग लयमा फर्काउन माघ २ गते उक्त समिति विधिवत् रूपमा गठन भएको थियो। 

शुक्रबार बेलुका पहिलोपटक समतिकाे बैठक बसेकाे हाे। नेपालका पर्यटन क्षेत्रलाई नयाँ स्वरुपमा प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय पर्यटन बजारमा पुनःस्थापित गराउने उद्देश्य रहेको समितिका संयोजक राजाराम गिरीले बताए। 

उनले भने, ‘कोभिडबाट धराशायी बनेको पर्यटन क्षेत्रलाई माथि उकास्नका लागि हामी एक महिनाभित्र बृहत् पर्यटन अन्तरक्रिया कार्यक्रमको तयारी गर्दै छौं, कमिटीका सदस्यबाट आएका सुझावहरू संकलन गरी विस्तृत रिपोर्ट तयार गर्ने छौं।’

छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले कोभिड महामारीका कारण थिलथिलो भएको पर्यटन क्षेत्रलाई सरकारले राहत उपलब्ध गराउनुपर्ने बताए। 

नेपाल टुर एन्ड ट्राभल एसोसिएसन (नाट्टा) का अध्यक्ष अच्युत गुरागाईंले नेपालको पर्यटन ऐन तीन दशक पुरानो भएकाले त्यसलाई समयानुकूल बदल्नुपर्ने बताए। 

होटल संघ नेपाल (हान) का अध्यक्ष सिर्जना राणाले सीमानाकाबाट आउने पर्यटकलाई हवाईमार्गबाट आउने पर्यटकसरह सम्मान दिलाउनुपर्ने बताइन्। 

यसैगरी उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले अहिलेको कोरानाका कारण पर्यटन व्यवासायीको मनोबल वृद्धि गरिनुपर्ने बताउँदै पर्यटकलाई राज्यका निकायबाटै समान व्यवहार गरिनुपर्ने धारणा राखिन्। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बाराको जितपुर सिमराब ...

वीरगन्ज। बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–६ निवासी ११ वर्षीया बालिका सनाया खातुन ब ...

बडीमालिकामा नेपाल टे ...

​बाजुरा। धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने बाजुराको बडीमालिका क्षेत्रमा टेलिफ ...

राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved