कानुनले तोकेको समयभित्रै स्थानीय चुनाव भएन भने देशव्यापी जनपरिचालन हुन्छ : पोखरेल

  • माघ २२, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाै । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनले संविधान उल्लंघन गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन्। 

प्रेस चौतारी नेपालको स्थापना दिवसको सन्दर्भमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता पोखरेलले सत्ता गठबन्धनलाई मुलुकको आर्थिक विकास र समृद्धिका एजेन्डासँग कुनै मतलब नभएको टिप्पणी गरेका हुन्।

सत्ता गठबन्धनको मूल उद्देश्य एमालेलाई कसरी समाप्त पार्ने भन्ने मात्रै भएको आरोप लगाए।

‘यो गठबन्धन विशुद्ध एमाले समाप्त गर्नुपर्छ भन्ने विषाक्त उद्देश्यले बनेको छ,’ पोखरेलले भने,  ‘हामी संघीयताको बलियो कार्यान्वयन चाहन्छौं। तर, यो गठबन्धनमा संघीयताको ‘स’ समेत सुन्न नचाहनेहरू पनि छन्।’  

यस्तै पोखरेलले ‘श्रीमानले बनाएको सरकार’ले स्थानीय तहको निर्वाचन समयमै नगराए जनपरिचालन गर्ने चेतावनी पनि दिएका छन्। 

‘श्रीमानले बनाएको सरकारले संविधानमा किटानी गरिएको व्यवस्थालाई उल्लघंन गर्ने धृष्टता गर्दै छ,’ पोखरेलले भने, ‘कानुनलाई उल्लघंन गर्ने धृष्टता गर्दै छ। स्थानीय तहको निर्वाचन कानुनमा तोकिएको समयभित्रै भएन भने त्यसको विरुद्धमा देशव्यापी रूपमा जनपरिचालन हुन्छ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बाराको जितपुर सिमराब ...

वीरगन्ज। बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–६ निवासी ११ वर्षीया बालिका सनाया खातुन ब ...

बडीमालिकामा नेपाल टे ...

​बाजुरा। धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने बाजुराको बडीमालिका क्षेत्रमा टेलिफ ...

राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved