दशैं तिहार र छठलाई लक्षित गरि भैरहवा नाकाबाट खाद्यान्न लगायतका समानको आयात बढ्यो, एक अर्ब बढिको मात्रै लत्ता कपडा आयात ।

आयात बढ्यो

  • असोज १३, २०७६
  • कालापानी मिडिया
alt

 

भैरहवा ।
रबिन्द्र गुप्ता ।
दशैं, तिहार र छठपर्वलाई लक्षित गर्दै व्यवसायीहरुले भारत तथा तेस्रो मुलुकबाट मालसामानको आयात बढाएका छन् । अन्य सिजनमा औद्योगिक कच्चापदार्थ धेरै भित्रिने भैरहवा भन्सारमा अहिले खाद्यान्न, फलफुल, लत्ताकपडा, मरमसला तथा सवारीसाधन लगायतको आयातमा वृद्धि भएको छ । 

भैरहवा स्थित बेलहिया नाकाबाट चाडपर्वका लागि भनेर खाद्यान्न, फलफुल, लत्ताकपडा, मरमसला तथा सवारीसाधन लगायतको आयातमा वृद्धि भएको छ । यस नाकाबाट मात्रै दशैं, तिहारका लागि एक अर्ब भन्दा बढीको लत्ताकपडा आयात हुने गरेको छ ।
भैरहवाबाट साउनमा ३० करोड ७४ लाखको सुर्ती तथा तयारी कपडा आयात भएको थियो । भने,भदौ र असोज (दुई महिनामा) ३५–४० करोडको लत्ताकपडा आयात हुने भन्सार कार्यालयको भनाइ छ ।

दशैंकै लागि भैरहवा नाकाबाट फलफूल भित्रिने क्रम पनि बढ्दो छ । स्याउ, काँचो केरा, भुइकटहर, अनार यो नाकाबाट धेरै भित्रिन्छ । दैनिक ५०–७५ गाडी फलफूल भित्रिने यो नाकाबाट असोज लागेसंगै दैनिक एक सय भन्दा बढी फलफूलका गाडी नेपाल भित्रिरहेकोे छ । चाडपर्वकै लागि अहिले खाद्यान्नको आयात पनि तुलनात्मक रुपमा बढेको छ । नाकाबाट वार्षिक साढे २३ अर्ब बराबरको सवारीसाधन आयात हुने गरेको भन्सार कार्यालयले जनाएको छ । आयातको भण्डै ४० प्रतिशत कारोबार दशैंतिहारको समयमा हुने भएकाले यो समयमा गाडीको माग अत्याधिक रहेको जगत मोर्टस प्रा.लि. भैरहवाको भनाइ छ ।


दशंै, तिहार र छठपर्व लक्षित बजारका लागि भैरहवा नाकाबाट पाँच अर्ब भन्दा बढीका जिप, कार, भ्यान र मोटरसाइकल आयात हुन्छन् । दशैंमा बुटवल, भैरहवा जस्ता ठूला शहरमा चारपांग्रे गाडीको विक्री ह्वात्तै बढेको छ । दशैंमा देवी देउताका मुर्ती, इलेक्ट्रोनिक सामान टिभी, क्यामेरा, झालर लाइट, मोबाइल जस्ता सामानको विक्री उल्लेखनीय बढ्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमाबडामहारानी रत्नक ...

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको ...

जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved