मन्त्रीलाइ कालाे झण्डा देखाउदा उदयपुरबाट नेकपा एमालेका सात कार्यकर्ता पक्राउ

  • माघ २२, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं । परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई कालो झण्डा देखाउने एमालेका सात जना कार्यकर्ता पक्राउ परेका छन्।

गृहजिल्ला उदयपुरमा रहेका परराष्ट्रमन्त्री डा. खड्कालाई एमालेका कार्यकर्ताले कालो झण्डा देखाएका थिए। एमसीसीको विरोधमा नाराबाजी र मन्त्रीलाई कालो झण्डा देखाएपछि प्रहरीले सात जनालाई पक्राउ गरेको हो।

उदयपुरको चौदन्डिगढी नगरपालिकाको नयाँ भवन र १५ शैयाको अस्पताल भवन गर्न पुगेका मन्त्री खड्काको विरोधमा प्रदर्शन गरिएको हो। उनीहरूले एमसीसी चाहिँदैन, देश बेच्न पाईंदैन भन्ने नारा लगाउँदै प्लेकार्ड बोकेका थिए।

प्रदर्शनकारीभन्दा सुरक्षाकर्मीको संख्या बाक्लो थियोे। तर बेलटारको सडकमा नाराबाजी गर्दै सडक अवरुद्ध गर्न खोजेपछि उनीहरूलाई केही समयका लागि नियन्त्रणमा लिइएको प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहोराले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बाराको जितपुर सिमराब ...

वीरगन्ज। बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–६ निवासी ११ वर्षीया बालिका सनाया खातुन ब ...

बडीमालिकामा नेपाल टे ...

​बाजुरा। धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने बाजुराको बडीमालिका क्षेत्रमा टेलिफ ...

राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved