प्रदेश १ का नवनियुक्त मन्त्रिहरुले लिए सपथ

  • माघ २३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रदेश १ का नवनियुक्त मन्त्रीहरूले शपथग्रहण गरेका छन्। नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुखको कार्यालय विराटनगरमा प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

त्यसक्रममा मुख्‍यमन्त्री राजेन्द्र राईलगायत अन्य उच्‍च पदस्थहरूको समेत सहभागिता थियो। मुख्यमन्त्री राईले आजै मन्त्रिपरिषद् विस्तार गरेका हुन्। आइतबारको मन्त्रिपरिषद् विस्तारसँगै अब प्रदेश १ को मन्त्रिपरिषद् १४ सदस्यीय भएको छ।

निवनियुक्त मन्त्रीहरू खानेपानी‚ सिँचाइ तथा ऊर्जामन्त्रीमा रामकुमार राई‚ सामाजिक विकासमन्त्रीमा राजन राई‚ पर्यटन तथा सांस्कृति मन्त्रीमा खिनु लङ्वा लिम्बू‚ कृषिमन्त्रीमा झलकबहादुर मगर‚ वन‚ वातावरण तथा भू(संरक्षणमन्त्रीमा शेखर चन्द्र थापा‚ उद्योग‚ श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङगाम​‚ भूमि व्यवस्था‚ सहकारी तथा गरिबी निवारणमन्त्रीमा ओमप्रशाक सरावगी र यातायात व्यवस्था तथा सञ्चारमन्त्रीमा उपेन्द्र प्रसाद घिमिरेले शपथ लिएका हुन्।

जयराम यादवले यसअघि सामाजिक विकास मन्त्रालयको जिम्मेवारीमा पाएका थिए भने अहिले उनलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ।

नेकपा ९एकीकृत समाजवादी० र नेपाली कांग्रेसबाट तीन तीन र माओवादी केन्द्रबाट दुईजना मन्त्री बनेका हुन्। प्रदेश १ मा ६ वटा मन्त्रालय विभाजन गरी १२ बनाइएको थियो। तर‚ भागबण्डा नपुगेपछि पुनः मन्त्रालय फुटाएर १३ बनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बाराको जितपुर सिमराब ...

वीरगन्ज। बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–६ निवासी ११ वर्षीया बालिका सनाया खातुन ब ...

बडीमालिकामा नेपाल टे ...

​बाजुरा। धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने बाजुराको बडीमालिका क्षेत्रमा टेलिफ ...

राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved