सिंहदरबारको आकाशमा युवा संघले उडायो कालो बेलुन, तीन जना पक्राउ

  • माघ २३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले निकट युवा संघ नेपालले स्थानीय तह निर्वाचन मिति घोषणा माग गर्दै सिंहदरबारको आकाशमा कालो बेलुन उडाएको छ ।

संघले पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै महंगो बनाइएको विरोधमा पनि प्रदर्शन गरेको छ । सिंहदरबार दक्षिण गेट अगाडि पुगेका युवा संघका नेता कार्यकर्ताले प्रहरी हस्तक्षेपका बावजुद कालो बेलुन पनि उडाएका छन् ।

नेपाल आयल निगमले केही दिनअघि पेट्रोलको मूल्य बढाएर अहिलेसम्मकै महँगो प्रतिलिटर १४२ रुपैयाँ कायम गरेको छ । अर्कातिर पाँच दलीय गठबन्धन सरकार स्थानीय तहको निर्वाचन जेठमा गर्न तयार नभएको पनि युवा संघले विरोध गरेको छ । प्रदर्शनका क्रममा युवा संघका केही नेता पनि पक्राउ परेका छन् ।

प्रहरीले युवा संघ केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्यहरु अजित लामा, जयराम लामा र गणेश थापालाई पक्राउ गरेको स्वास्थ्य विभाग प्रमुख निरोज पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बाराको जितपुर सिमराब ...

वीरगन्ज। बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–६ निवासी ११ वर्षीया बालिका सनाया खातुन ब ...

बडीमालिकामा नेपाल टे ...

​बाजुरा। धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने बाजुराको बडीमालिका क्षेत्रमा टेलिफ ...

राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved