देउवा-प्रचण्डबीच फोनमै ‘ठाकठुक’ : एमसीसीलाई लेखेको पत्र सार्वजनिक गरेको भन्दै आपत्ति

  • माघ २३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच फोनवार्ता भएको छ ।प्रचण्डले अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी अनुमोदनका लागि पहिले आफूहरूको महाधिवेशनपछि भनेका थिए ।

महाधिवेशनपछि निर्वाचनपछि मात्र अनुमोदनको प्रस्ताव गरे । योसँगै प्रचण्ड एमसीसीविरुद्ध विचार निर्माणमा लागेपछि प्रधानमन्त्री देउवासँग टेलिफोनमै असमझदारी भएको हो ।

अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई प्रधानमन्त्री देउवा र प्रचण्डले पठाएको पत्र तथा देउवा र प्रचण्डलाई अमेरिकाले पठाएको जवाफी पत्र सार्वजनिक भएपछि प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का नेता नारायणकाजी श्रेष्ठसँग टेलिफोनमा कुराकानी गरेका हुन् ।

नेताहरुका अनुसार नेताद्वय प्रचण्ड र श्रेष्ठले एमसीसीलाई लेखेको तथा एमसीसीले लेखेको पत्र सार्वजनिक भएकोमा प्रधानमन्त्री समक्ष आपत्ति जनाए । ‘पत्र अहिले सार्वजनिक गर्नुपर्ने त्यस्तो के भयो ?’ भन्ने माओवादी नेताहरुको प्रधानमन्त्री देउवालाई प्रश्न छ । जवाफमा देउवाले आफूले पत्र सार्वजनिक नगरेको जवाफ दिएको जनाइएको छ ।

‘प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच टेलिफोनमा सामान्य ठाकठुक भएको छ’, स्रोतले भन्यो, ‘उहाँहरुबीच आजै ४ बजे भेटवार्ता पनि तय भएको छ । त्यो वार्ताले एमसीसीमा मिलेर जाने वा फरक बाटो तय गर्ने भन्ने टुंगो लाग्न सक्छ ।’

प्रधानमन्त्री देउवा निकट स्रोतका अनुसार प्रचण्डले एमसीसी अनुमोदनका लागि आफ्नो पार्टीको महाधिवेशनसम्म कुर्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए । तर, महाधिवेशन सकिएपछि उनले निर्वाचनअघि एमसीसी अनुमोदन नगर्न नयाँ प्रस्ताव गरे । नयाँ प्रस्तावपछि प्रधानमन्त्री देउवा अध्यक्ष प्रचण्डसँग केही रिसाएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बाराको जितपुर सिमराब ...

वीरगन्ज। बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–६ निवासी ११ वर्षीया बालिका सनाया खातुन ब ...

बडीमालिकामा नेपाल टे ...

​बाजुरा। धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने बाजुराको बडीमालिका क्षेत्रमा टेलिफ ...

राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved