एमसिसीबारे शीर्ष नेताबीच बालुवाटारमा छलफल

  • माघ २३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसिसीका विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेताहरूबीच बैठक सुरु भएको छ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्की, एमाले महासचिव शंकर पोखरेल पनि सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

त्यसअघि आइतबार बिहान देउवा र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको थियो। देउवा र प्रचण्डबीचको भेटवार्तामा एमसिसीबारे छलफल भएको थियो।
प्रचण्डसँगको छलफलमा प्रधानमन्त्री देउवाले आगामी माघ २६ गते बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसिसी टेबल गर्न जोड दिएका थिए। देउवासँगको छलफलमा प्रचण्डले प्रमुख प्रतिपक्षसँग पनि छलफल गरेर अघि बढ्दा उपयुक्त हुने धारणा राखेपछि देउवाले तत्काल ओलीलाई फोन गरेर बालुवाटारमा छलफलका लागि बोलाएका थिए।

btf__cIqf66lYzb

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बाराको जितपुर सिमराब ...

वीरगन्ज। बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–६ निवासी ११ वर्षीया बालिका सनाया खातुन ब ...

बडीमालिकामा नेपाल टे ...

​बाजुरा। धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने बाजुराको बडीमालिका क्षेत्रमा टेलिफ ...

राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved