गिता छोएर राप्रपा नफुटाउने कसम खाएका कमल थापाले गरे पार्टीबाट अलग हुने घोषणा

  • माघ २५, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । गिता छोएर राप्रपा नफुटाउने कसम खाएका राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट अलग हुने घोषणा गरेका छन् ।

मंगलबार गृहनगर हेटौडा पुगेका थापाले त्यहीँबाट विज्ञप्ति जारी गर्दै पार्टीभित्र आफ्नो कुराको सुनवाइ नहुने भएपछि अप्रिय निर्णय लिन बाध्य भएको उल्लेख गरेका हुन । पार्टीमा सैद्धान्तिक विचलन देखा परेको आरोप लगाउँदै उनले आफूले भारी मनका साथ राप्रपा छाड्ने निधो गरेको बताए छन्।

थापाले भनेका छन्, ‘अत्यन्त भारी मन तथा पिडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु। पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टी भित्रै विताउने र पाटी मै रमाउने उत्कट चाहना भएता पनि आफ्ना कुराको सुनुवा‍इ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन वाध्य भएको हुँ।’

गत पुसमा भएको महाधिवेशनमा पराजित भएपछि थापा आक्रोशित भएका थिए। आफूलाई पराजित गर्न पूर्वराजा ज्ञानेन्द्र शाहको हात रहेको दाबी गर्दै आएका थापाले त्यस विषयमा छानबिन हुनुपर्ने माग पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसँग गरेका थिए। तर, लिङ्देन आफ्नै विजयमाथि प्रश्न उठ्ने गरी महाधिवेशनमा पूर्वराजाको भूमिकाबारे छानबिन गर्न तयार नभएपछि थापा पार्टीबाटै बाहिरिने निर्णयमा पुगेका हुन्।

उनले सोमबार आफू निकट नेता तथा कार्यकर्ताको भेला आयोजना गर्दै पार्टी छाड्ने निष्कर्ष सुनाएका थिए। थापाले हिन्दू राष्ट्रको एजेण्डा बोक्ने नयाँ पार्टी दर्ता गर्ने तयारी अघि बढाएका छन्।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बाराको जितपुर सिमराब ...

वीरगन्ज। बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–६ निवासी ११ वर्षीया बालिका सनाया खातुन ब ...

बडीमालिकामा नेपाल टे ...

​बाजुरा। धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने बाजुराको बडीमालिका क्षेत्रमा टेलिफ ...

राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved