झापामा जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु

  • माघ २८, २०७८
  • कालापानी मिडिया
alt

झापा । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत झापाको  कमल गाउँपालिका–४ स्थित रिजाल पेट्रोल पम्पनजिक जिपको ठक्करबाट बिहीबार दिउँसो स्कुटर चालकको मृत्यु भएको छ । 

प्रहरीका अनुसार पश्चिमतर्फ आउँदै गरेको मे ६ प २७१८ नम्बरको स्कुटरलाई पूर्वतर्फ जाँदै गरेको मे ६ च ११६७ नम्बरको जिपले ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका स्कुटर चालक शिवसताक्षी नगरपालिका–८ का ४१ वर्षीय नरबहादुर गहतराजको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । 

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा दमकको लाइफलाइन अस्पतालमा दिउँसो ४ बजेतिर मृत्यु भएको हो ।  जिप र चालक मोरङको रङ्गेली नगरपालिका–२ का २१ वर्षीय दीपक अधिकारीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार जिपले अर्को सवारीसाधनलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved