तुलसीपुर आगलागीमा परी मृत्यु भएका पाँचै जनाको पहिचान खुल्यो

  • माघ २८, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका-५ स्थित एक घरमा भएको आगलागीमा परी मृत्यु भएका पाँचैजनाको पहिचान भएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालका अनुसार करिब १५ वर्षीय हसन बकस, १४ वर्षीय मसिन बकस, १३ वर्षीया सुजिता खातुन, ४० वर्षीय नजरबिन अली र ६ वर्षीय आदित विन अलीको मृत्यु भएको छ। उनीहरू सबै सोही घरमा भाडामा बस्दै आएको अर्यालले बताए।

शव पोष्टमार्टमका लागि राप्ति प्रादेशिक अस्पताल लगिएको छ। इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा आगो लाग्दा जुत्ता–चप्पलको होलेसल पसल तथा गोदाममा पनि क्षति पुगेको छ।

राति सुतिरहेका बेला आगलागी भएकाले ठूलो मानवीय क्षति भएको प्रहरीले बताएको छ। डिएसपी अर्यालका अनुसार विद्युत्‍को मिटर पड्किएर आगो लागेको अनुमान गरिएको छ। बिहीवार राति २ बजेखि लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा लिइएको डिएसपी अर्यालले बताए।

घोराही उपमहानगरपालिकाको दमकलसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी आगो निभाउन खटिएका थिए।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved