स्थगित गरिएका परीक्षा र कक्षा भौतिक उपस्थितिमा सञ्चालन गर्न त्रिबिको निर्देशन

  • माघ २८, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । त्रिभुवन विश्वविद्यालय त्रिविले सबै क्याम्पसलाई पर्सिदेखि स्थगित गरिएका परीक्षा र कक्षा सम्भव भएसम्म भौतिक उपस्थितिमा सञ्चालन गर्न निर्देशन दिएको छ ।

त्रिविको कार्यकारी परिषद्को बैठकले कोरोना भाइरस सङ्क्रमणले रोकिएका परीक्षा र सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिएको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए ।

क्याम्पस, विभाग, स्कुलमा विद्यार्थीको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई विचार गरी त्रिविले स्थानीय तहको समन्वयमा तोकेको समयसीमा र स्वास्थ्य मापदण्डभित्र रही जोखिम नियन्त्रणका लागि पूर्वतयारी एवम् सतर्कता अवलम्बन गर्दै सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिएको उनले बताए।

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि त्रिविले माघ पहिलो हप्तादेखि सञ्चालन हुने परीक्षा स्थगन गरेको थियो । यसअघि सरकारले पनि पर्सिदेखि विद्यालय तहको कक्षा सञ्चालन गर्न निर्देशन दिइसकेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved