फागुन १३ गते बाँकी १६ जिल्लाको अधिवेशन गर्ने काङ्ग्रेस बैठकको निर्णय

  • माघ २९, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं । नेपाली काङ्ग्रेसको बाँकी रहेका १६ जिल्लाको अधिवेशन फागुन १३ गते हुने भएको छ । नेपाली काङ्गेस केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकले बाँकी जिल्लाहरूको अधिवेशन फागुन १३ गते गर्ने निर्णय गरेको हो । 

बैठकमा पार्टीको भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको अधिवेशनलगायतका कार्य सम्पन्न गर्नका लागि विधान मस्यौदामाथि पनि छलफल सुरु गरिएको र त्यसका लागि आवश्यक सबै निर्णयहरू गर्न आइतबार पुनः केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको पार्टीका प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी दिए ।

नेपाली काङ्ग्रेसले आजको बैठकमा भ्रातृ सङ्गठनहरूको विधानलाई सङ्घीयताअनुकूल बनाउने गरी नेता एनपी साउँद नेतृत्वको समितिले १३औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा विधान मस्यौदा पेस गरेको थियो । त्यसलाई सबै नेताहरूले अध्ययण गरेर आइतबार २ बजे बोलाइएको बैठकमा पारित गर्ने निर्णय गरिएको पनि प्रवक्ता महतले जानकारी दिए । 

बैठकमा नेताहरूबीच एमसिसी संसदबाट पारित गरेर जानुपर्छ भन्ने विषयमा एकमत रहेको नेपाली काङ्ग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved