चार अर्ब लगानीमा कोशी अस्पतालमा १० तलाको भवन बन्दै

  • माघ २९, २०७८
  • कालापानी मिडिया
alt

विराटनगर । विराटनगरस्थित कोशी अस्पताल भित्र अत्याधुनिक सुविधा सम्पन्न संरचनाहरू निर्माण हुने क्रम जारी रहेको छ ।

अस्पतालभित्र चार सय करोड लगानीमा अस्पताल भित्र १० तलाको अत्याधुनिक सुविधा सम्पन्न भवन बन्ने भएको हो । अहिले कोशी भित्र ३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ बजेटमा अन्डरग्राउण्डसहित पाँच तलाको सुविधा सम्पन्न भवन निर्माणको काम धमाधम भइरहेको छ ।

अहिले बन्दै गरेको पाँच तलाको भवनको उत्तर पूर्वपट्टी १० तलाको भवन बनाउने प्रक्रिया अगाडि बढेको हो । अस्पतालको अहिले रहेको प्रसूती, सर्जरी र रेडियोलोजी रहेको भवनमा नयाँ दश तलाको सुविधा सम्पन्न भवन बनाउने तयारी गरिएको कोशी अस्पतालका सुपरिटेन्डेन्ट (मेसु) डा. चुमनलाल दासले जानकारी दिए । ‘नयाँ बन्ने भवनको डिपीआर तयार भइसकेको छ,’ उनले भने, ‘अब टेण्डर प्रक्रियाको चरणमा रहेको छ ।’ नयाँ बन्ने भवनमा रहेको प्रसूती वार्ड ७१ शैय्याको नयाँ बनेको बर्थिङ सेन्टरमा सरेको छ भने सर्जरी र रेडियोलोजी अहिलेको ओपीडिको तेस्रो तलामा लैजाने तयारी गरिएको मेसु दासलले जानकारी दिए ।

सहकारी विकास तथा भवन निर्माण विभागले बिनायोजन गर्ने बटेजबाट निर्माण हुन लागेको दश तले भवन बहुवर्षीय योजना अनुसारको रहेको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई विराटनगरका सूचना अधिकारी अशोककुमार रामले जानकारी दिए । नयाँ बन्ने भवनको डिपीआर तयार भएकोले आगमी फागुनदेखि चैतसम्ममा टेन्डर निकाल्ने उनले बताए । ‘टेन्डर निकालेपछि अस्पतालको नयाँ बन्ने भवनको निर्माणको प्रक्रिया अगाडि बढ्नेछ,’ उनले भने ।

नयाँ बन्ने दश तलाको भवनमा दुई तलाको अन्टरग्राउण्ड हुनेछ । जहाँ अस्पताल आउने चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, विरामी र सर्वसाधरणले पार्किङ गर्नेछन् । दश तलामा ल्याब, रेडियोलजी, मेडिसिन, सम्पूर्ण प्रकारको सर्जरी, अर्थोपेडिक, कार्डियो, प्याढटिक वार्ड र ब्लट बैंक पनि रहने मेसु दासले जानकारी दिए । ‘दश तलाको भवनमा मेजर केश हर्ने वार्डहरु यहाँ रहन्छ,’ मेसु दासले भने, ‘विरामीलाई सहजता प्रदान गराउन तीन ठाउँमा लिफ्ट पनि हुनेछ ।’ नयाँ बन्ने भवनमा रहेको लिफ्टमा विरामी र कुरुवाको लागि छुटा छुटै हुने उनले बताए । ‘विरामीको लागि ट्रलीसहितको लिफ्ट हुनेछ,’ उनले भने ।

अस्पतालमा अहिले बन्दै गरेको पाँच तलाको भवन निर्माणको काम तीव्र रुपमा अगाडि बढेको छ । साइट क्लियर भएपछि निर्माणको कामले गति लिएको छ । चार कठ्ठा २ धुर जमिनमा बन्ने भवनको पहिलो तलामा आकस्मिक कक्ष हुनेछ । दोस्रो तलामा एचडियुसहितको डाइलाइसिसलगायतका सेवाहरू हुनेछ ।

यस्तै, तेस्रो तलामा नेफ्रोलोजी जनरलसहितको प्रतिक्षालय हुनेछ । तेस्रो तला ५० शैय्याको हुनेछ । यसैगरी चौथो तलामा कार्डियो र न्यूरोको सेवा रहनेछ । चौथो तला ५० शैय्याको हुनेछ । सो भवन निर्माण रमनभूमीले ठेक्का पाएपछि निर्माणको काम हुँदै आएको छ । पहिलो चरणमा पाँच तलाको भवन बन्नेछ । त्यसपछि योजनाअनुसार तला थप हुँदै जानेछ । मास्टरप्लान अनुसार ७ तलाको बनाउने भवनको लागत स्टिमेटमा पाँचौ तलामा ५२ शैय्याको जनरल वार्ड र छैटौ तलामा हेल्थ अफ डिपार्टमेन्ट बनाउने उल्लेख गरिएको छ । हाल ३ सय ५० शैय्याको अस्पताल रहेको कोशीको सुविधासम्पन्न भवन बनेपछि पाँच सय शैय्याको हुनेछ । १० तलाको भवन निर्माण भएर संचालनमा आएपछि कोशीमा १ हजार शैय्या पु¥याउने योजना रहेको अस्पतालका मेसु दासले जानकारी दिए । पाँच तलाको भवन बनाउने सम्झौता २०७८ असार २३ गते गरिएको छ भने निर्माण सकिने अवधि २०८० पुस २३ गते रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved