प्रदेश एक : कुन मन्त्रालयकाे जिम्मेवार के ?

  • माघ २९, २०७८
  • कालापानी मिडिया
alt

इटहरी । प्रदेश १ सरकारले प्रदेशमा रहेका सात मन्त्रालय विभाजन गरेर १३ बनाएपछि साविकका मन्त्रालयको कार्यक्षेत्र पनि बाँडफाँड गरेको छ ।

राजेन्द्रकुमार राई नेतृत्वको पाँच दलीय गठबन्धनको सरकारले १३ मन्त्रालय बनाएसँगै साविकका मन्त्रालयको कामलाई पनि विभाजन गरेको हो ।

नयाँ कार्यविभाजनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आर्थिक मामिला तथा योजना मन्त्रालयको कार्यक्षेत्र भने यथावत रहेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश मन्त्रिपरिषद्, प्रदेशभित्रको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन, सुशासन र भ्रष्टाचार नियन्त्रण, संघ र स्थानीय तहसँगको सम्पर्क र समन्वय संवैधानिक मामिला प्रदेश कर्मचारी प्रशासन योजना र तथ्याङ्क हुनेछ ।

मन्त्रिपरिषद् कार्यविभाजन तथा कार्यसम्पादन नियमावली अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालय अन्तर्गत प्रदेशको अर्थ तथा बजेट, वित्तीय संस्थाहरू र लेखा नियन्त्रण रहेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कार्यक्षेत्रमा शान्ति सुरक्षा, प्रदेश प्रहरी, अनुसन्धान ब्युरो, अपराध नियन्त्रण, कारागार, विपद् व्यवस्थापन, द्वन्द्व व्यवस्थापन र कानुन न्याय तथा प्रदेशसभा मामिला रहेको छ ।

यस्तै सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा, सामाजिक सुरक्षा, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, समाज कल्याण, सामाजिक सङ्घसंस्था, युवा तथा खेलकुद र विज्ञान तथा प्रविधि रहेको छ । सामाजिकबाट विभाजन भएको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या हेर्नेछ ।

सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको कार्यक्षेत्रमा सडक, आवास, भवन तथा सहरी विकास रहेको छ भने जलस्रोत, ऊर्जा, सिँचाइ, नदी संरक्षण, जल उत्पन्न प्रकोप, खानेपानी र सरसफाइ खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय अन्तर्गत राखिएको छ । वन वातावरण तथा भूसंरक्षण मन्त्रालयमा वन, वन्यजन्तु, वन पैदावार, भू–संरक्षण, जलवायु परिवर्तन, पर्यावरण र जैविक विविधता रहेको छ ।

पर्यटन तथा संस्कृति मन्त्रालय अन्तर्गत पर्यटन, भाषा, संस्कृति, कला लिपि, सम्पदा संरक्षण, सङ्ग्रहालय, तथा अभिलेखालय, धर्म संरक्षण र प्रयोग रहेको छ भने उद्योग श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत उद्योग वाणिज्य, आपूर्ति, उपभोक्ता हित संरक्षण, बजार अनुगमन, श्रम तथा रोजगारको कार्यक्षेत्र तोकिएको छ । यस्तै कृषि मन्त्रालयले कृषि, पशुपन्छी र खाद्य सुरक्षा हेर्नेछ भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको कार्यक्षेत्रमा भूमि व्यवस्था, गुठी, गरिबी निवारण र सहकारी रहेको छ । यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयले प्रदेशको यातायात व्यवस्था र सञ्चार तथा सूचना प्रविधि क्षेत्रको जिम्मेवारी पाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved