पाल्पा दरबार संङ्ग्रहालय विकास समितिमार्फत सञ्चालन हुने

  • माघ २९, २०७८
  • कालापानी मिडिया
alt

पाल्पा । लुम्बिनी प्रदेश सरकारले प्रदेशस्तरीय पाल्पा दरबार सङ्ग्रहालय सञ्चालनका निम्ति विकास समिति गठन गर्ने तयारी गरेको छ ।पाल्पाको ऐतिहासिक सम्पदाका रूपमा पाल्पा दरबार सङ्ग्रहालयलाई लिइन्छ ।

यसअघि पाल्पा दरबार कर्मचारीको नेतृत्वमा रहे पनि अब विकास समितिमार्फत सञ्चालन गर्न लागिएको हो । कानुन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तावमा पाल्पा दरबार सङ्ग्रहालय सञ्चालनका लागि विकास समिति गठन आदेश, २०७८ स्वीकृति गर्ने निणर्य भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विश्वकर्माले बताए ।

पाल्पा दरबार २०६२ माघ १८ गते तत्कालीन विद्रोही नेकपा माओवादीको आक्रमणबाट क्षतिग्रस्त भएको थियो । क्षतिग्रस्त पाल्पा दरबार निर्माण पूरा भएपछि २०७२ मंसिर ३ गते पाल्पा दरबार सङ्ग्रहालयका रूपमा स्थापना गर्न सरकारले निणर्य गरेको थियो । सङ्ग्रहालयमा परिणत भएपछि लुम्बिनी प्रदेशकै पर्यटकीय गन्तव्यका रूपमा विकास भएपछि जिल्लावासी उत्साहित छन् । विसं २०७३ फागुन १५ गते दरबार सङ्ग्रहालयको उद्घाटन गरिएको थियो ।

ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालय आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । यसले पाल्पाको पर्यटन व्यवसायलाई प्रत्यक्ष फाइदा पुगेको छ । पाल्पा दरबार सङ्ग्रहालय विकास समिति गठन गरी सञ्चालन गर्दा यसको संरक्षणमा टेवा पुग्ने सरोकारवाला निकायको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved