विप्लवको आरोप : प्रचण्ड-बाबुरामहरूको विचलनले जनयुद्ध अपूर्णतामा टुंगियो

  • फागुन १, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पुष्पकमल दाहाल प्रचण्ड-डा. बाबुराम भट्टराईलगायत नेताहरूको विचलनका कारण जनयुद्ध अपूर्णतामै टुंगिएको आरोप लगाएका छन् ।

२७ औं जनयुद्ध दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै विप्लवले जनयुद्ध अपूर्ण रहेको गुनासो गरेका हुन् ।

‘श्रमिक जनताले आफ्नो मुक्ति र राष्ट्रिय स्वाधिनताका लागि गरेको ऐतिहासिक विद्रोहले पहिलो पटक जनताको सत्ता, जनताको सेना, जनताको न्यायालय, शिक्षा, स्वास्थ्य, अर्थ सम्बन्धहरू स्थापना गर्न सफल भएको थियो’, विप्लवले आफ्नो वक्तव्यमा भनेका छन्, ‘तर प्रचण्ड-बाबुरामलगायत नेताहरूको विचलनका कारण जनयुद्ध अपूर्णतामै टुंगियाे। जनयुद्धको अपूणर्ताका कारण नेपाली जनताको पूर्ण मुक्ति एवं नयाँ जनवाद-वैज्ञानिक समाजवाद प्राप्तिको चाहना अधूरै रह्यो ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved