स्थानीय निर्वाचनमा दुई लाख युवा मतदाता थपिने, एक करोड ७९ लाख मतदाता कायमै

  • फागुन १, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा करिब एक करोड ७९ लाख मतदाता कायम हुने बताएको छ । निर्वाचन आयोगले आज (आइतबार) देखि शुरु गरेको नियमित ‘ब्रिफिङ’ मा यस्तो जानकारी दिएको हो ।

आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले भने, ‘नेपाल सरकारले निर्वाचनको मिति घोषणा गरेको दिनलाई आधार मान्ने गरिएकोमा यस पटक आसन्न स्थानीय सदस्यको निर्वाचनमा १८ वर्ष उमेर पुग्ने मिति २०७९ साल वैशाख २९ गते अर्थात् निर्वाचन हुने दिनभन्दा ठीक अघिल्लो दिनलाई आधार मान्ने गरी निर्दिष्ट मिति ’कट अफ डेट’ निर्धारण गरिएको छ ।’

उनले भने, ‘नेपालको निर्वाचन इतिहासमा पहिलो पटक निर्वाचन हुने दिनभन्दा अघिल्लो दिनलाई आधार मानी १८ वर्ष पुग्ने दिनलाई निर्दिष्ट मिति मान्दा मतदाता नामावलीमा नाम समावेश भएका थप करिब दुई लाख युवाले आफ्नो मताधिकार प्रयोग गर्न पाउने सुनिश्चितता भएको छ । २०७९ साल वैशाख २९ गते १८ वर्ष पुग्ने दिनलाई निर्दिष्ट मिति मान्दा करिब एक करोड ७९ लाख मतदाता कायम हुने अनुमान छ ।’

आयोगले निर्वाचन कार्यतालिका स्वीकृत भएको जनाएको छ । आयोगले मतदाता नामावली अद्यावधिकको काममा जुटेको बताएको छ । आयोगका प्रवक्ता शर्मा पौडेलले अन्तिम मतदाता नामावलीको नाम अद्यावधिक गर्ने कार्य भइरहेको बताए । ‘आसन्न निर्वाचनका लागि सघन तयारीमा जुटिसकेका छौं । निर्वाचन कार्यतालिका स्वीकृत भइसकेको छ,’ उनले भने ।

आयोग र मातहतका कार्यालय दिनमा ९ घण्टा खुल्ने, बिदाको दिन पनि काम
निर्वाचन आयोग र त्यस अन्तर्गतका कार्यालयहरूको कार्यालय समय बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म तय गरिएको छ । स्थानीय निर्वाचनका लागि आयोगले नयाँ समय आफूसहित मातहका कार्यालयमा नयाँ समय तय गरेको हो ।

जुन दिनको ९ घण्टा हुन आउँछ । आयोग र आयोग मातहका कार्यालहरूले बिदाका दिनमा समेत नियमित कार्यसम्पादन गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गतेका लागि तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बाराको जितपुर सिमराब ...

वीरगन्ज। बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–६ निवासी ११ वर्षीया बालिका सनाया खातुन ब ...

बडीमालिकामा नेपाल टे ...

​बाजुरा। धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने बाजुराको बडीमालिका क्षेत्रमा टेलिफ ...

राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved