महाअभियोग प्रस्तावबारे निर्णय लिन आज एमाले संसदीय दलको बैठक बस्दै

  • फागुन २, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को आज (सोमबार) संसदीय दलको बैठक बस्दै छ । बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक आह्वान गरिएको छ ।

बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ । विशेष गरी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गराइएको महाअभियोग प्रस्तावका विषयमा बैठक केन्द्रित हुनेछ । महाअभियोग प्रस्तावको संसदीय प्रक्रियाबाट प्रतिवाद गर्ने एमालेको तयारी छ ।

एमालेका एक सांसदका अनुसार एमालेले पनि संसद् पुनःस्थापनाको फैसला गर्ने न्यायाधीश र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने बारेमा निर्णय गर्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved