एमसीसीबारे अनावश्यक छलफल भइसके, अब चाँडै संसदबाट अनुमोदन हुन्छ : गगन थापा

  • फागुन २, २०७८
  • कालापानी मिडिया
alt

काभ्रे । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अमेरिकी सहयोग परियोजना (एमसीसी) अब चाँडै संसदमा लगेर अनुमोदन गरिने बताएका छन् ।

काभ्रेको बनेपामा सोमबार नेपाली कांग्रेसको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । लामो समयदेखि उनी एमसीसीबारे मौन बस्दै आएका थिए । ‘एमसीसीबारे अनावश्यक छलफल भइसकेको छ’, उनले भने, ‘छिटोभन्दा छिटो संसद्मा प्रवेश गराएर अनुमोदन गर्नुपर्छ ।’

थापाले फरक प्रसङ्गमा प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव ढिलै भए पनि सही निर्णय भएको तर्क गरेका छन् । न्यायलयको गतिरोध अन्त्यका लागि जबराविरुद्ध महाअभियोग आवश्यक रहेको तर्क उनले गरे ।

‘सर्वोच्च अदालतमा महिनौंदेखि प्रधानन्यायधीशसँग न्यायधीशले बेञ्च शेयर नगरेको अवस्था थियो । बार र बेञ्चमा भएका कोही पनि उहाँसँग बहस गर्न तयार थिएनन्’, थापाले थपे, ’उहाँमाथि संगीन आरोप लागेकाले सहज बहिर्गनका लागि अनुरोध गरेका थियौं । न्याय परिषद् र न्याय सेवा आयोगबाट कर्मचारी प्रशासनमार्फत अतिरिक्त सक्रियता देखाएकाले महाअभियोग दर्ता गरिएको हो ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved