यी हुन् खाली कागजमा हस्ताक्षर नगर्ने एमालेका ५ सांसद

  • फागुन ३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले ६ पृष्ठ खाली कागजमा सांसदहरुको हस्ताक्षर संकलन गर्दा पाँच सांसदले त्यसमा हस्ताक्षर गर्न नमानेको खुलेको छ। 

सोमबार संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा एमालेले विषय बस्तु नखुलाई खाली कागजमा आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरेको थियो। त्यो हस्ताक्षरलाई जुनसुकै बेला प्रयोग गर्न सकिने एमालेका नेताहरुले बताइरहेका छन्।

एमाले संसदीय दलले हस्ताक्षर संकलन गर्दा नेताहरु भीम रावल, घनश्याम भूसाल, दीपकप्रकाश भट्ट, पवित्रा निरौला खरेल र झपट रावलले खाली कागजमा हस्ताक्षर नगर्ने भन्दै अस्वीकार गरेका हुन्।

उनीहरुले उपस्थिति पुस्तिकामा हस्ताक्षर गरेको बताएका छन्। तर बाँकी पाँचवटा खाली पत्रमा हस्ताक्षर नगरेको सांसद झपट रावलले बताए। कुनै विषय उल्लेख नगरी खाली कागजमा हस्ताक्षर गराइएको भन्दै उनीहरुले हस्ताक्षर गर्न अस्वीकार गरेका हुन्।

बैठकमा सांसद रावलले कुन विषयमा हस्ताक्षर गर्नुपर्ने हो, त्यो लेखेर ल्याएपछि आफूले विचार गर्ने तर, खाली पानामा हस्ताक्षर नगर्ने बताएका थिए। बैठकमा उपस्थित ९७ सांसदमध्ये ५ जना बाहेक बाँकी सबैले खाली कागजमा हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved