आयरल्याण्डसँग नेपाल १६ रनले पराजित, शृंखलाको पुछारमा

  • फागुन ३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाै ।  चार देशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको अन्तिम खेलमा नेपाल आयरल्यान्डसँग १६ रनले पराजित भएको छ। १२८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालका निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १११ रनमा समेटियो। 

पराजित भएसँगै नेपाल दुई खेलमा पराजय र एक खेलमा जितको नतिजासँगै २ अंकसहित पुछारमा रह्यो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २८ रन जोडे। ३० बलमा उनले एक चौका र एक छक्का प्रहार गरे। 

यस्तै आसिफ सेखले २२ बलमा २ चौका र एक छक्कासहित २३ रन जोडे। अर्का ओपनर कुशल भुर्तेलले ११ बलमा एक चौका र एक छक्कासहित १५ रन जोडे। त्यसबाहेक कमलसिंह ऐरी १३, लोकेश बम ६, ज्ञानेन्द्र मल्ल ५, शरद भेषावकर १, कुशल मल्ल ९ रनमा आउट भए।   

त्यसअघि दीपेन्द्रसिंह ऐरीले करिअरको उत्कृष्ट बलिङ प्रदर्शन गरेपछिटस हारेर पहिले ब्याटिङको निम्तो आयरल्याण्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२७ रनमै समेटिएको थियो। दीपेन्द्रले ४ ओभरमा २१ रनमार्चै खर्चेर ४ विकेट लिएपछि आयरल्याण्ड सो स्कोरमा खुम्चिएको हो।आयरल्याण्डका जर्ज डोकरेलले २८, कर्टिश क्याम्फरले २०, लोर्कन टुकेरले १५, सान गेटेकाटेले १४ तथा कप्तान एन्डी बलबिर्नीले १९ रन जोडे।

नेपालका लागि दीपेन्द्रबाहेक अविनाश बोहराले २ विकेट लिए। ४ ओभरमा उनले २९ रन रन खर्चिए। यस्तै यसै खेलमार्फत सन्दीपले टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान कायम गरे। 

१८औं ओभरमा जर्ज डकरललाई आउट गर्दै उनले उक्त कोशेढुंगा पार गरेका हुन्। टी-२० आईको इतिहासमा सन्दीप तेस्रो सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने खेलाडी समेत बने। सन्दीपले २९ खेलमा उक्त विकेट लिएका हुन्। 

सन्दीप अघि श्रीलंकाका बो मेन्डीसले २६ र आयरल्याण्डका मार्क एडिरले २८ बलमा ५० रन पूरा गरेका थिए। नेपालका लागि जितेन्द्र मुखिया र कमलसिंह ऐरीले समेत समान १-१ विकेट लिए। 

नेपालले टी-२० विश्वकपको ग्लोबल छनोटको तयारीका लागि यो शृंखला खेलेको हो।शृंखलाको पहिलो खेलमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो। यस्तै दोस्रो खेलमा भने नेपाल यूएईसँग २५ रनले पराजित भएको थियो।

ग्लोबल छनोटका खेलहरु फागुन ६ गतेबाट सुरु हुनेछन्। पहिलो खेलमा सोहीदिन नेपालले आयोजक ओमानको सामना गर्नेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved