विश्वकप छनोटको लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा

  • फागुन ४, २०७८
  • कालापानी मिडिया
alt

पर्सीदेखि ओमानमा सुरु हुने टि-ट्वान्टी विश्वकप ग्लोबल छनोट प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ ९क्यान० ले मंगलबार १४ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको छ।

प्रशिक्षक पुबुदु दासानायेके र राष्ट्रिय क्रिकेट टिमको छनोट समितिबीच मंगलबार बैठकपछि टिमको घोषणा गरिएको हो। घोषित १४ सदस्यीय टिममा ओमान भ्रमणमा रहेका १७ जना खेलाडी मध्ये करन केसी, कुशल मल्ल, शाहब आलम र प्रदिप ऐरीलाई बाहिर राखिएको छ। करन ढाडको समस्याका कारण प्रतियोगिताबाट बाहिर भएपछि नेपाल फर्कनेछन्।​

करन केसी घाइते हुँदा टिममा स्थान बनाएका फास्ट बलर गुल्सन झालाई पनि १४ सदस्यीय टिममा मौका दिईएको छ। अविनाश बोहरा, जितेन्द्र मुखिया र कमल सिंह ऐरीपछि चौंथो फास्ट बलरको रुपमा गुल्सन टिममा रहनेछन्।

ओमान भ्रमणमा एक मात्र खेलमा मौका पाएका प्रदिप ऐरी र शाहब आलम तथा कुशल मल्ललाई रिजर्भ खेलाडीको रुपमा राखिएको छ जो टिमसँगै ओमानमा रहनेछन्।

टिममा देब्रे हाते स्पिनरको रुपमा सागर ढकालले मौका पाएका छन्। सागरले भ्रमणको पहिलो खेलमा ओमान बिरुद्ध डेब्यु गर्ने मौका पाएका थिए जुन खेलमा ३ ओभर बलिङ गर्दै ३६ रन खर्चिएका थिए। तर अर्का देब्रे हाते स्पिनर शाहब आलमले पनि राम्रो प्रदर्शन गर्न नसक्दा सागरलाई मौका दिईएको हो। टिममा युवा खेलाडीहरु लोकेश बम, बिबेक यादवले निरन्तरता पाएका छन्।

यी हुन् ११ खेलाडी

सन्दिप लामिछाने ९कप्तान० , शरद भेसावकर, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, अविनाश बोहरा, जितेन्द्र मुखिया, कमल सिंह ऐरी, बिबेक यादव, लोकेश बम, सागर ढकाल र गुल्सन झा।

रिजर्भ खेलाडी

प्रदिप ऐरी, शाहब आलम र कुशल मल्ल

नेपालले टि(ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत पहिलो खेल ओमानसँग शुक्रबार खेल्नेछ। शनिबार फिलिपिन्स र सोमबार क्यानडासँग खेल्ने तालिका छ।

समूहको उत्कृस्ट दुई टिम सेमीफाइनल पुग्नेछन्। सेमीफाइनल खेल जितेको खण्डमा नेपाल यो वर्ष टि(२० विश्वकप खेल्न छनोट हुनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved