नवजात शिशुकाे मृत्यु हुदा छिमेकि वृद्धामाथि बोक्सी आरोप लगाउदै निर्घात कुटपिट

  • फागुन ४, २०७८
  • कालापानी मिडिया
alt

विराटनगर । मोरङको रंगेलीमा एक वृद्धा महिलालाई बोक्सीको आरोपमा छिमेकीले सामुहिक रुपमा निर्घात कुटपिट गरेका छन् । रंगेली–२ बवियाबिर्ताकी ६८ वर्षीय मानती देवी साहलाई छिमेकी ३० वर्षीय रिङ्कीदेवी साहसहितका आफन्तहरूले सामूहिक रूपमा निर्घात कुटपिट गरेका हुन् ।

कुटपिटबाट घाइते भएकी वृद्धा मानतीको उपचार विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । बोक्सीको आरोप लगाउँदै मानतीलाई रिङ्कुदेवीसहित उनका देवर कृष्ण साह, सञ्जय साहसहित ६÷७ जनाले निर्घात कुटपिट गरेको पीडित मानतीको छोरा शिवकुमार साहले बताए । सामूहिक रुपमा मानतीलाई आधा दर्जनले कुटपिट गरेपनि प्रहरीले रिङ्कुदेवीलाई मात्र पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीले रिङकुदवीलाई पक्राउ गरि मोरङ अदालतमा म्याद थप गरि अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

घाइते भएकी मानतीदवेवीको दुई छोरा र तीन छोरी छन् । ‘१५ माघमा राती रिङ्कुदेवीसहितका उनका देवरसहित ६÷७ जना आएर हाम्रो छोरालाई खाईस भन्दै सुतेको आमालाई ओछ्यानबाट तान्दै आगनमा ल्याएर निर्घात कुटपिट गरे,’ आमाको उपचार खटिएका कान्छा छोरा शिवकुमारले भने, ‘त्यस दिन म घरमा थिइँन । आमालाई आगनमा ल्याएर सामूहिक रुपमा कुटपिट गरेका थिए । आमाले पानी माग्दा यस्तो बोक्सीलाई पानी दिनु हँुदैन भन्दै थुक्दै झन् कुटपिट गर्न थालेका रहेछन् ।’ आमालाई थप पीडा भएर पानी पानी भन्न थालेपछि रिङ्कुसहित उनका देवर सञ्जय र कृष्णले अगरबत्ती मुखमा झोसिदिएको छोरा शिवको भनाइ छ । घाइते मानतीदेवीको घरदेखि करिब रिङ्कीदेवीको १ सय मिटर दक्षिणमा पर्दछ । रिङ्कुदेवीको तीन साता अगाडि आफन्तको नवजात शिशुको मृत्यु भएको थियो । छोरा जन्म भएको रिङ्कुदेवीको आफन्तले नवजात शिशु खाईस भन्दै निर्घात कुटपिट गरेको शिवकुमारले बताए ।

‘गाउँमा अरुलाई पनि बोक्सी मन्त्र लगाइस् एर संकटमा पारिस भन्दै जथाभावी कुटपीट गर्न थाले,’ पीडित छोरा शिवले भने, ‘लठ्ठीले हान्दा आमाको शरिरभरी चोटपटक लागेको छ ।’

बोक्सीको आरोप लगाउँदै सामूहिक रुपमा कुटपिट गरेको मानतीदेवी कोशी अस्पतालको उपचार कक्षमा गम्भीर अवस्थामा छिन् । कुटपिटबाट घाइते भएकी साहलाई स्वाप्रश्वासमा समस्या रहेको छ । उनको शरिरमा चोट पटक र जीउ भरी निलडामहरु छन् । घाइते साहको आर्थिक अवस्था ज्यादै नाजुक भएकोले औषधी उपचार गर्न समेत नसकेको पीडितकी आफन्तले बताएका छन् ।

आक्रमण गर्ने सबैलाई पक्राउ गरि कारवाहीको माग

बोक्सीको आरोप लगाउँदै आमालाई सामूहिक रुपमा निर्घात कुटपिट गर्ने सबैलाई पक्राउ गरि कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने पीडित परिवारको माग छ । प्रहरीले ६८ वर्षीय वृद्धा मानतीदेवी साहलाई बोक्सीको आरोपमा कुटपिट गरेको भन्दै छिमेकी रिङ्कुदेवीलाई मात्र पक्राउ गरेको छ ।

घाइतेका छोरा शिवकुमारले आमालाई बोक्सी भन्दै निर्घात कुटपिट गर्ने कृष्ण साह, सञ्जय साहसहित सबैलाई पक्राउ गरि कारवाहीको दायारमा ल्यानुपर्ने बताए । ‘प्रहरीले अहिले घटनामा एक जनालाई मात्र पक्राउ गरेको छ,’ उनले भने, ‘आमालाई यसरी मरणसन्न हुने गरि कुटपिट गर्ने सबैलाई पक्राउ गरि कानुनी दायरामा ल्याउनुपर्दछ । अहिलेसम्म अन्यलाई पक्राउ गरेको छैन ।’ आमालाई बोक्सी भन्दै कुटपिट गर्ने कृष्ण र सञ्जय गाउँघरमै रहेको उनको भनाइ छ ।

यता मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले घटनामा एक जना पक्राउ गरि अदालतमा म्याद थप गरि अनुस्न्धान भइरहेको बताए । ‘अहिले यस घटनाको अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘घटनामा संलग्न पक्राउ पर्नेछन् ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved